सांसदको प्रश्न : भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन ?
काठमाडौँ । नेपाल भारतबीचको सीमा विवादबारे संसदको अन्र्तराष्ट्रिय समितिले डाकेको बैठकमा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल अनुपस्थित भएकी छिन् । अचानक स्वास्थ्य समस्या आएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।
बैठकमा भूमि व्यवस्था मन्त्रालयका सचिवले सहभागिता जनाएका छन् । उनले प्राविधिक कारणले नेपालको सम्पूर्ण भूभाग रहेको नक्सा सार्वजनिक गर्न नसकेको बताएका छन् । निकट भविष्यमा नक्सा प्रकाशन गर्ने तयारी रहको उनले बताएका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापालाई पनि बोलाइएको छ ।
उनी संसदको अर्को समिति राज्यब्यवस्था तथा सुशासन समितिमा सहभागी भएका छन् । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमीमा सडक बनाएको विषय आपत्तिजनक रहेको र कुटनीतिक तबरबाट समस्या समाधान गर्न जोड दिएका छन् ।
बैठकमा सांसदहरुले तत्काल नेपालले नेपालको आफ्नो भूमि समेटिएको नक्सा जारी गर्न माग गरेका छन् । नेकपा सांसद राम कार्कीले तत्काल नेपालले आफ्नो भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न माग गरेका छन् । उनले दुई देशबीच कुटनीतिक तरिकाले छलफल गर्ने भनेर भारतले पनि बताएको उल्लेख गर्दै नेपालले आफ्नो भूभागको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सांसद दिव्यमणीराज भण्डारीले भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन भन्दै प्रश्न गरे । उनले ‘अहिले गुगल स्याटेलाइटबाट सबै देखिन्छ, जनतालाई कति उल्लु बनाउन खोजेको ?’ भन्दै प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मन्त्रीले हेलिकोप्टरबाट सीमा निरीक्षण गरेको भन्ने कुरा आएको बताउदै मन्त्रीले के हेरे भन्दै प्रश्न गरे ? उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल गत फागुन ५ गते नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि दार्चुला गएका थिए ।उनले प्रमुख प्रतिपक्षी दलले सरकारलाई आवश्यक कदम चाल्न सहमति दिँदा पनि सरकार लाचार भएको बताए ।
नेकपा सांसद सुदन किराँतीले जनताले थाहा पाएपछि मात्र सरकारले थाहा पाउने यो कस्तो सरकार हो भन्दै आपत्ति प्रकट गरे । उनले १२ किलोमिटर सडक खन्दा पनि सीमा क्षेत्रमा खटिएका सरकारी संयन्त्र भारतको गोटी हो कि हैन भन्दै आपत्ति प्रकट गरे ।
संसदीय समिति कार्यपालिकाको लाचार छायाँ छ हैन, किन संसदीय समितिले दिएको निर्देशन सरकारले पालना गरेन भन्दै प्रश्न गरे । उनले संसदले नेपालको नक्सा प्रकाशन गर्न दिएको निर्देशन पालना नभएको भन्दै आक्रोश व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
