बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाको संक्रमणबाट अर्का पूर्वगोर्खा सैनिकको मृत्यु

शनिबार, २७ वैशाख २०७७, २० : ५३
शनिबार, २७ वैशाख २०७७

लन्डन ।  कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा अर्का एकजना पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । 

बेलायतको मेईडस्टोनस्थित मेईडस्टोन अस्पतालमा ७७ वर्षीय कर्ण बहादुर राईको उपचारको क्रममा निधन भएको हो । 

ताप्लेजुङ जिल्लाको मौवाखोला गाउँपालिका स्थायी घर भएका मृतक राई छोरा र  छोरीज्वाईंका साथ बेलायतमा बस्दै आएका थिए ।  

कुनै गम्भीर समस्या नदेखिएका राईले पछिल्लो समयमा टाउको दुख्ने समस्याका कारण सिटामोलको सेवन गर्दै घरमा नै बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।

फोक्सोमा भएको समस्याका कारण उनलाई भेन्टिलेटरमा राखिएको भएपनि उपचारकै क्रममा उनको निधन भएको अस्पतालबाट जानकारी गराइएको थियो । उनलाई कोरोनाको पुष्टि भएको जानकारी पनि अस्पतालबाट नै दिइएको थियो ।

हालसम्म बेलायतमा कोरोनाबाट ५२ जना नेपालीले ज्यान गुमाइसकेकाे एनआरएनए युकेले जनाएको छ । जसमा धेरैजसो भूपू गोर्खा सैनिक रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप