केन्द्रीय संस्करण

बेलायत प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, नियम नमान्नेलाई एक हजार पाउण्डसम्म जरिवाना

person explore access_timeबैशाख २७, २०७७ chat_bubble_outline0

लन्डन । विश्वभर फैलिएको कोरोना (कोभिड १९) को महामारीका कारण  थप संक्रमण हुन् नदिन बेलायत सरकारले अन्य मुलुकहरुबाट यहाँ भित्रिनेहरुको लागि १४ दिनको अनिवार्य  ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था लागू गर्ने भएको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने युरोपियन मुलुकहरुमा बेलायत अग्र पंक्तिमा रहेको छ । करिब ६ हप्ता लामो लकडाउन अवधि सकिन लाग्दा पनि कोरोनाको संक्रमण र यसबाट हुने मृत्युदरमा खासै कमि आउन सकेको छैन । 

बेलायतले कोरोना संक्रमणको पहिलो चरणको उत्कर्ष विन्दु पार गरिसकेको भएपनि दोस्रो चरणको संक्रमण दोहोरिन नदिन सरकारले विभिन्न खालका नयाँ नीतिहरु अवलम्बन गर्दै आएको छ ।

 बाहिरबाट बेलायत प्रवेश गर्ने  यात्रुहरुले एअरपोर्ट लगायत सीमा नाकाहरुमा आफ्नो स्पष्ट ठेगाना उल्लेख गर्नुपर्ने छ, जहाँ उनीहरुले १४ दिनको सेल्फ क्वारेन्टाइन पूरा गर्नुपर्नेछ । उक्त नयाँ  नीतिको उलंघन गरेको खण्डमा एक हजार पाउण्डसम्म जरिवाना गरिनुका साथै सम्बन्धित मुलुकमा फिर्ता पठाउन सकिने प्रावधान रहेको छ । 

यही मे महिनाको अन्त्यबाट लागू गरिने भनिएको यस नयाँ नियम अनुसार सेल्फ क्वारेन्टाइनमा रहेकाले घरबाट बाहिर निस्कन पाउने छैनन् । 

बेलायतको नेशनल हेल्थ सर्भिस ( एनएचएस) लाई सुरक्षित गर्न र जीवन जोगाउनको लागि घरमै बस्ने नीति अनिवार्य रहेको होम अफिसका प्रवक्ताले बताएका छन् ।

ब्रिटिश एअरवेज, इजी जेट लगायत बेलायतमा संचालित एअरलाइन्सहरुको प्रतिनिधित्व गर्दै आएको संगठन ‘एअरलाइन्स यूके’ ले १४ दिनको अनिवार्य सेल्फ क्वारेन्टाइनले उड्डयन क्षेत्र र अर्थतन्त्रलाई असर पार्नसक्ने बताएको छ ।

 सरकारको नयाँ नीति अनुरुप कोहि पनि होलिडे जान नसक्ने बताइएको छ । 

‘एअरपोर्ट अपरेटर एसोसिएसन (एओए) कार्यकारी निर्देशक करेन डी का अनुसार यात्रुहरुलाई लागू गरिने भनिएको   १४ दिनको क्वारेन्टाइनको बारेमा आफ़ूलाई कुनै औपचारिक जानकारी आइनसकेको बताएकी छन् । 
यस सम्बन्धी थप जानकारी सरकारको तर्फबाट आउन बाँकी भएकोले प्रतिक्षामा रहेको सो संगठनले बताएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.