शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
सन्दर्भ : निर्मल लामा स्मृति दिवस

राजनीतिमाथि व्यभिचार नगरेका नेता निर्मल लामा

शनिबार, २७ वैशाख २०७७, १२ : ४६
शनिबार, २७ वैशाख २०७७

फर्किदै गर्दा म गम्न थालें, त्यत्रो नेता तमोर खोले लिम्बु जस्तो ; सामान्य छ, कतै कुनै सामन्ती शान छैन, कुनै लक्कन छप्पन छैन , एक्लै पनि भन्दैन मिलिजुली खाउँ भन्छ, मालिक जस्तो पनि छैन आफै भान्से छ, पक्षपाति पनि छैन परिपन्चिसले भाग लगाउँछ | म नायक हुँ पनि भन्दैन, भन्छ त, गरिव निमुखाहरु नै तात्नु पर्छ | कार्यकर्तालाई कारिन्दा पनि मान्दैन | कमरेड न भने पनि कामरेड त भन्छ | मैले सन्तोषको सास फेरें, 'हो र'छ यिनीहरु अलिक क्रान्तिकारी नै हुन् |' जिन्दगि भर उनि आफ्ना आदर्श र सिद्धान्तमा निष्ठावान रहे |
 

डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भई सकेका थिए | अघिल्लो वर्ष मात्रै करिव डेढ महिना थुनेर मलाई महेन्द्र मोरंग क्याम्पस, बिराट नगरबाट रेस्ट्रिकेट गरी सकेका थिए, त्यो पनि ६ महिना मोरंग नपस्ने गरी डाडो कटा'र | एक वर्ष पछि, ०३३सालको माघ फागुन हुनु पर्छ म बनारस आई ए को प्राइभेट परीक्षार्थी भएर गएको थिएँ |

वनारसको घाँसी टोला | उ बेला निर्मल लामा जीहरु यहीं बस्नु हुन्थ्यो | मलाई निर्मल लामा भेट्ने छुद्धे जागेर आयो | यसो हुनुमा कारण थियो, आफु 'ठुटे' 'झापाली' भएर अन्य कम्युनिष्ट समुह बारे पढिएको थियो, 'मोहन विक्रम-निर्मल लामा जीहरुको 'चौथो महाधिवेशन' चाहीं 'अलिक क्रान्तिकारी' हो | मुलमै भेटेर प्रत्यक्ष जाँचपड्ताल गर्ने यो राम्रो अवसर पनि थियो | उस्तो गाह्रो पनि भएन, साथीहरुले निर्मल जीको डेरामा पुर्याई दिए |

जव म उनको डेरा भित्र छिरे एकजना अर्ध वैंशे जस्तो मानिस भान्से छ र परिपन्चिसले खानाको भाग लाउँदै छ | ध्रुव नारायणले परिचय गराए, ' वहाँ नै हो निर्मल लामा !' मैले आदरपुर्वक नमस्कार गरें |
'म टंक कार्की, साथीहरुले मेरो वारेमा बताउनु भ'को होला !' मैले लम्बेतान इतिवृतान्त पस्किन उचित ठानिन, समयको तकाजा पनि त्यस्तो थिएन | साथीहरुले सुनाका हुनन्, 'यो हाम्रोतिरको सानोतिनो कम्मुनिष्ट नेतै हो |'
'अँ, मैले सुनेको छु तपाईको वारेमा |' अन्यथा न बरालीकन उनले भने, ' खाना यतै खाउँ है, कामरेड !' (कमरेड नभ'र कामरेड ?!! खैर केही छैन न सुनेको धेरै भयो |)
'होइन, धन्दा मान्नु पर्दैन, मेरो खाना उतै बनेको छ |' मैले आश्वस्थ पारे |

त्यस पछि भने हामीले एकछिन वार्ता गर्यौं, म अक्सर श्रोता थिएँ तर उनले कुनै पाण्डित्याईं छाटेनन् | पंचायती राजशाहीको चरित्र संझाए र कम्युनिष्टहरुको उपचार (prescription) बताए, 'यस शासनको सवभन्दा थिचोमिचो र उत्पिडनमा पर्ने गरिव निमुखा नै हुन् र यसको विरुद्धमा उनीहरु नै पहिला जागृत हुनु पर्दछ, संगठित हुनु पर्दछ र लड्नु पर्दछ |' उनले मसंग कुरा गरी रहँदा यो चाहीं प्रक्षेपण हुन्थ्यो कि नेपाली कम्युनिष्ट आन्दोलनमा 'चौम' नै मूल र प्रतिधि धार हो - पार्टी यत्रतत्र फ़िजिएको छ र ठुलो जन समर्थन छ | तर उनले 'झापाली जस्तो उग्रवामपन्थी चाहीं हुनु हुँदैन नी !' कहीं भनेनन् | (उनलाई म 'झपाली' भन्ने भेउ पनि भएन होला | मेरै साथीलाई त त्यस वारे अत्तोपत्तो थिएन | यदि उनलाई त्यो थाहा हुन्थ्यो भने मेरो पनि बुद्धि भुट्न उनि कहाँ चुक्थे होला र ?! त्यसो गर्नु राजनीतिमा अक्सर चल्ने खेल हो |) तर यसले मलाई भने एउटा छाप के पर्यो भने उनि 'झापाली विरोधी' भने होइन रहेछन् | छुट्टिने बेलामा तल गल्लिसम्मै आएर विदा गरे |

फर्किदै गर्दा म गम्न थालें, त्यत्रो नेता तमोर खोले लिम्बु जस्तो ; सामान्य छ, कतै कुनै सामन्ती शान छैन, कुनै लक्कन छप्पन छैन , एक्लै पनि भन्दैन मिलिजुली खाउँ भन्छ, मालिक जस्तो पनि छैन आफै भान्से छ, पक्षपाति पनि छैन परिपन्चिसले भाग लगाउँछ | म नायक हुँ पनि भन्दैन, भन्छ त, गरिव निमुखाहरु नै तात्नु पर्छ | उसले यति त भनेन नि, 'सशस्त्र संघर्ष गरी हाल्नु पर्छ, हतियार उठाई हाल्नु पर्छ | स्थानीय सत्ता कब्जा गर्दै केन्द्रिय सत्ता नियन्त्रणमा लिनु पर्दछ | त्यसको निम्ति स्थानीय सामन्त जमिन्दारको सफाई गर्नु पर्दछ |' ' लड्नु पर्दछ' त भन्छ | कार्यकर्तालाई कारिन्दा पनि मान्दैन | कमरेड न भने पनि कामरेड त भन्छ | मैले सन्तोषको सास फेरें, 'हो र'छ यिनीहरु अलिक क्रान्तिकारी नै हुन् |' जिन्दगि भर उनि आफ्ना आदर्श र सिद्धान्तमा निष्ठावान रहे |

निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनका विलक्षण जननेता हुन्, राजनीतिमाथि व्यभिचार न गरेका नेता | उनको सादगी, समर्पण र प्रतिवद्धताको यो आन्दोलन संधैं ऋणी रहने छ |

श्रद्धा सुमन कमरेड निर्मल लामा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप