शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको सन्त्रास र वास्तविकता

शनिबार, २७ वैशाख २०७७, १२ : ३१
शनिबार, २७ वैशाख २०७७

–कर्णबहादुर शाही/डा. पूर्ण शाही 

‘यदि जीवन छ भने त्यहाँ एक संसार छ’
जीवजगत्मा मानिस एक आशा र सम्भावनाको धरोहर हो । मानव जीवनको उपलब्धि भनेको विषम परिस्थितिमा पनि विभिन्न सम्भावना एवं निकास पहिल्याउन सक्नु र तदनुरूप जीवनको गतिशीलतालाई आत्मबोध गरी व्यवहारमा ल्याउनु नै हो । आजसम्म मानवले प्राप्त गरेको वैज्ञानिक, भौतिक, आध्यात्मिक, राजनीतिक एवं सामाजिक उपलब्धिलाई हेर्दा मानव जातिकोे मूलभूत लक्ष्य वा केन्द्रीय मर्म भनेको मानव जीवनको रक्षा गर्दै व्यक्ति, समाज र राष्ट्रकै लागि सकारात्मक योगदान दिनु हो । एक व्यक्तिको व्यक्तित्व निर्माणमा जुन ऐतिहासिक लगानी हुन्छ र त्यसबाट प्रतिफल प्राप्त गर्न उसको जीवनलाई बचाउनु उत्तिकै आवश्यक हुन्छ । यसैका लागि प्रत्येक सकारात्मक उपलब्धि त्यस दिशामा उन्मुख हुनु अपरिहार्य हुन्छ । 

यसै परिप्रेक्ष्यमा विगतका विभिन्न कालखण्डमा वैश्विक मानसपटलमा भए गरेका महामारी र त्यसबाट बच्नका लागि गरिएका प्रयास अनि हाल जारी कोरोनाबाट बच्न र बचाउन गरिएका लकडाउनका साथै अवलम्बन गरिएका मापडण्ड एवं रोकथामका उपायहरु साँच्चिकै सकारात्मक दिशातर्फ उन्मुख छन् कि छैनन् । अथवा त्यसका पछाडि कुनै निश्चित क्षेत्र, व्यवसाय, व्यक्ति, राष्ट्र या संस्थाको निहित स्वार्थका लागि आम मानिस आज गम्भीर सङ्कटमा छन् ? यसको उत्तर खोज्नु जरुरी छ ।  

कोरोना भाइरस (कोभिड–१९) के हो ?
कोरोना भाइरस सामान्य रुघाखोकी अन्तर्गत पर्ने भाइरस सृष्टि कालदेखि नै अस्तित्वमा छ । हाल आएर कोविड–१९ नामक नयाँ कोरोना भाइरस भनिए पनि यसका लक्षणहरु रुघाखोकी, ज्वरो आउनु, घाँटी खसखसाउनु, श्वासप्रश्वासमा समस्या आउनु आदि हुन्छन् । तर यो ३ दिनदेखि २ हप्तासम्म सङ्क्रमित व्यक्ति आफै ठीक भइहाल्छ । यसको अनुमानित मृत्युदर ०.१ प्रतिशत मात्र छ । यसले श्वास नलीमा सङ्क्रमण गर्दछ । साथै साझा लक्षणको रूपमा रहेको ज्वरो, कमजोरी र श्वास–प्रश्वासमा कठिनाइ हुने गर्दछ । एकल असहाय आरएनए हिस्सा हो जुन हावा–पानीको माध्यमबाट पनि सर्न सक्ने रुघाखोकी जस्तै भाइरस हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुनका अनुसार अहिलेसम्म समस्या भएर आएका धेरैजसोमा मनोवैज्ञानिक त्रास, चिन्ता, नकारात्मक सोच, अनिन्द्रा, डर, भ्रममा परेकाहरुमा असर देखिएको छ । जसलाई काउन्सेलिङले नै निको भएर घर फर्किएका छन् । यो मौसमी भाइरस हुँदा सामान्य रुघाखोकी लाग्नु नै सामान्य नै हो । सङ्क्रमित भेटिए पनि १०० मा १५ जना मात्र भर्ना हुने हुन्छ र त्यसमा पनि ५ जना मात्र बेडमा भर्ना हुनुपर्ने देखिन्छ । 

निरोगधाम, ललितपुरका डा. उमेश श्रेष्ठको सुझाव छ “आतङ्कित नबन्नुस्, रोग प्रतिरोधात्मक क्षमता बढाए कोरोना आफैँ भाग्छ ।’’ कोरोना कमजोर खालको भाइरस भएकाले त्यस्तो आत्तिनु पर्दैन । ‘कोरोनाबाट आत्तिनु अनि डराउनुपर्ने काम कुनै पनि हालतमा गर्नु जरूरी छैन’, उनी भन्छन् ।

सरकारले हरेक क्षेत्र बन्द गरेर त्रास सिर्जना गर्नुको सट्टा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ । ‘भाइरस आफैँले चाहिँ केही गर्न सक्दैन । हामीले क्षमता कमजोर बनाएर स्वागत गर्यौं भने मात्र आउने हुन्छ’, उनी थप्छन् ।

यसैगरी प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुर डाक्टर खगेश्वर गेलाल भन्छन् ‘‘नेपालमा जसरी प्रचार भएको छ, यो त्यस्तो हैन । यसलाई आवश्यकताभन्दा बढी प्रचार गरियो र डरत्रास फैलाउने काम भयो ।’’ यो रोगबाट मृत्यु हुनेहरू पहिल्यैदेखि कुनै न कुनै रोगबाट ग्रसित भएको पाइएको छ । डाक्टर गेलाल भन्छन्, कोरोनालाई महामारीको रूपमा लिनुभन्दा यसलाई सामान्य मौसमी फ्लुको रूपमा लिएर सावधानी अपनाउनु बुद्धिमानी हुन्छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ भन्छन्– हाम्रो आहार–विहार, आचार तथा व्यवहारका कारण हाम्रो रीतिरिवाज, हाम्रो संस्कृति, हाम्रो प्राकृतिक जीवनशैली र भूबनावट–जस्ता विभिन्न कारणले नेपालीसँग रोग प्रतिरोधात्मक शक्ति धेरै हुन्छ । शङ्का गर्नुपर्ने कुनै कारण छैन र ?घाखोकीलाई हामीले कुनै रोग नै मान्दैनौँ । कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन्  भनेका छन् ।

भाइसहरूको नालिबेली 
भाइरसहरू तुलनात्मक रूपमा कुन कति घातक हुन् र वर्तमानमा पनि मानव जीवनमा यिनको के–कति प्रभाव छ भन्ने विषयमा थप पुष्टिका लागि विश्वभर यो ५ महिना (कोरोना अवधि) मा सरुवा रोगबाट मृत्यु हुनेको अनुमानित सङ्ख्याहरु जो विगतमा भइरहेको तथ्याङ्क अनुसार उल्लेख गरिन्छः एड्सबाट ६, ७ लाख, झाडापखाला ६, ७ लाख, टीबी रोगबाट करिब ६ लाख, मलेरियाबाट ३ लाख, मेनिन्जाइटिस एक लाख बीस हजार  मरेका छन् भने कोभिड–१९ बाट करिब २ लाख ७५ हजारको मृत्यु भएको छ ।

कोभिड–१९ बाहेकका यी सम्पूर्ण भाइरसविरुद्ध भ्याक्सिन तथा औषधिको व्यापक प्रयोग हुँदा पनि मृत्युदरमा कुनै सुधार भएको छैन । यसले भाइरससँग लड्ने वा उपचार गर्ने आजका दिनसम्म कुनै आधुनिक औषधि उपलब्ध नभएको पुष्टि गर्दछ । भाइरससँग मानव सङ्घर्ष प्रभावकारी बनाउन रोगप्रतिरोधात्मक शक्तिलाई प्रवद्र्धन गर्नुबाहेकको अर्को विकल्प छैन । तर स्वास्थ्यसम्बन्धी जिम्मेवार संस्थाहरूले नयाँ भ्याक्सिन आविष्कार गर्ने  सारा कोरोना निर्मूल हुने कुरा त्यति पत्यार लाग्दा छैनन् । 

विश्वभर रहेका स्वास्थ्यसँग सम्बन्धितहरूको छाता सङ्गठनको रूपमा रहेको विश्व स्वास्थ्य सङ्गठनका बारेमा केही विरोधाभाष देखिएको छ । चीनको उहानबाट गत डिसेम्बरबाट फैलिएको यो महामारी प्रलयकारी हुने बताएको छ । उसले यो महामारीबाट बच्न तीन विकल्प सुझाएको थियो– लक डाउन, भ्याक्सिनको अविष्कार र टेस्ट किट एवं सामाजिक दूरी । यी विकल्पलाई उसले अपरिहार्य थियो तर विश्वका केही राष्ट्रहरूले बिना लकडाउन कोरोनाको सन्त्रासबाट मुक्त रही सफलतापूर्वक व्यवस्थापन गरेका छन् । सुरुवाती दिनमा अति नै संवेदनशील राष्ट्र मानिएका चीन, दक्षिण कोरिया, जापान, इरान लगायतले आफ्ना जनताको दैनिकीको सामान्यीकरण गरिसकेका छन् । 

लकडाउनको समीक्षा
विश्व इतिहासका विभिन्न कालखण्डमा महामारी, विश्वयुद्ध एवं प्राकृतिक रूपमा प्रलयकारी घट्ना हुँदा जनजीवन सामान्य नै हुन्थ्यो । लकडाउन शब्द विश्व इतिहासमै सुनिएको थिएन । अहिले कोरोनाको सन्त्रासलाई वास्तविकताभन्दा धेरै भयाभह हुने परिस्थिति देखाई त्यसको व्यापक पहल भयो र लकडाउन लागू गर्न बाध्य पारियो । सरकार र मूलधारका सञ्चार माध्यम, सम्बन्धित निकाय, बुद्धिजीवी, राजनीतिक दलहरुले लकडाउनलाई नै मुख्य एजेन्डा बनाए ।

 यथार्थमा कोरोना महामारीको सुरुदेखि नै लकडाउन नगरी कतिपय राष्ट्रहरूले आफ्ना जनतालाई यस भयबाट मुक्त गरी सामान्य जीवनयापन गरेका छन् । यस महामारीबाट बच्न लकडाउन मात्रै अचुक विधि भन्ने कुरा गलत सावित गरेका छन् । 

कोरोना भाइरस रोगप्रतिरोधात्मक क्षमता प्रबल भएमध्येका ८० प्रतिशतमा यसका लक्षण नदेखिने र २० प्रतिशतमा मात्र देखिने भएकोले रोगप्रतिरोधात्मक शक्ति प्रवद्र्धन गर्न एक भयरहित मनोबल बनाउनुको विकल्प छैन । 

यस्तो विकराल परिस्थितिमा समाजमा हौसला बढाएर सम्पूर्ण विश्वलाई आत्मबल, आत्मविश्वास बढाउन सक्ने सकारात्मक सोचको विकास गर्नुपर्छ ।  यस्ता महामारी तथा प्राकृतिक विपत्तिमा हल्ला, भ्रम, नकारात्मक समाचार, अपुष्ट तथ्य तथा अनधिकृत विषयले धेरैलाई पीडा दिने गरेको छ । रोग लाग्नुभन्दा पहिले विक्षिप्त हुनु भनेको आफूले आफ्नो लागि खाल्डो खनेर आफैँ त्यसमा खस्नुजस्तै हो । कोरोनाको सङ्क्रमण व्यापक भयो भने पनि मानसिक रूपमा बलिया व्यक्ति सजिलै बाँच्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा