बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, १९ भदौ २०७४, ०५ : ३४
सोमबार, १९ भदौ २०७४

बि.स.२०७४ भाद्र १९ गते । सोमबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि त्रयोदशी १३ घडि ४५ पला, बिहान ११ बजेर १४ मिनेट उप्रान्त चतुर्दशि । नक्षत्र श्रवण १४ घडी ३२ पला,बिहान ११ बजेर ३३ मिनेट उप्रान्त धनिष्ठा । योग अतिगण्ड ५६ घडि २९ पला । करण तैतिल, बिहान ११ बजेर १४  मिनेट उप्रान्त गर,बेलुका ११ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा सिद्धि योग । चन्द्ररासि मकर । न्यूघया । अगस्तोदय ।

 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १९ मिनेट जादा । दिनमान ३१ घडी २८ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपाईको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुँनेछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुँने सम्भावना रहेको हुँनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउँन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला हतार गरि प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवन साथि सँगको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् भने माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता हुँनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाईमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुँनाले हरेक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । प्रेममा एक अर्काबिच बैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावलि पक्षसँग बिवाद बढ्न सक्छ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुँनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुँने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउँनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो तथा रमाईलो यात्रा हुँने भएपनि गन्तब्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानि हुँने छैन भने लगानि गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुँनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहाउँने हुँनाले यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौ, फोन नं.९७४१०६८९६२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप