बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी मे १६ देखि बुन्डेस लिगा सुरु हुने

शुक्रबार, २६ वैशाख २०७७, ०७ : १२
शुक्रबार, २६ वैशाख २०७७

जर्मनीको शीर्ष फुटबल लिग बुन्डेस लिगा आगामी मे १६ देखि बन्द शुरु हुने भएको छ । कोरोनाभाइरसको महामारीपछि पुनः सञ्चालन हुन लागेको बुन्डेस लिगा पहिलो शीर्ष युरोपियन लिग हो ।

बन्द स्टेडियममा खेलाइने पहिलो खेलमा साल्के र बोरुसिया डर्टमन्डबीचको खेल हुनेछ । आइतबार शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनको सामना गर्नेछ ।

प्रायः टोलीहरुले ९ खेल खेल्न बाँकी रहेको छ । लिगको अन्तिम खेलहरु २७–२८ जुनमा खेलाइने तालिका रहेको छ ।

जर्मन फुटबल एशोसिएनका अनुसार कडा स्वास्थ्य निर्देशिकाका साथ यो सिजनको फुटबल सुरु गरिन लागेको हो । यसमा सबै खेलाडीहरुको कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ ।

खेलको दौरान स्टेडियममा करिब ३ सय जना मात्र हुनेछन् जसमा खेलाडी, स्टाफ र अफिसियलहरु समावेश छन् ।

गत मार्च १३ मा लिगलाई स्थगित गरिएको थियो । गत मध्य अप्रिलदेखि खेलाडीहरु क्लबमा फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप