बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यानडाः फ्रन्टलाइनमा खटेकाहरुको तलब वृद्धि

शुक्रबार, २६ वैशाख २०७७, ०६ : ४४
शुक्रबार, २६ वैशाख २०७७

क्यानडका प्रधानमन्त्री जस्टिन ट्रुडोले तीन बिलियन डलर फन्डको घोषणा गरेका छन् । यो फन्डको प्रयोग फ्रन्टलाइन वर्कर्सको तलबमा बढोत्तरीका लागि गरिने बताइएको छ ।

बिहिबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा ट्रूडोले भने, ‘यो देश चलिरहोस् भनेर यदि तपाईंले आफ्नो ज्यान जोखिममा पारिरहनुभएको छ भने तपाईंको तलबमा वृद्धि हुनु तपाईंको अधिकार हो ।’

यो रकमलाई सबै प्रान्तमा बाँडिनेछ र त्यसपछि वितरण निश्चित गरिनेछ ।

ट्रुडोका अनुुसार अत्यावश्यक कर्मचारी धेरैजसो न्यूनतम तलबमा काम गरिरहेका हुन्छन्, उनीहरु निश्चित रुपमा तलब वृद्धिका हकदार हुन् ।

केही प्रान्तमा यो प्रक्रिया सुरु पनि भइसकेको उनले बताए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप