शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झौता बमोजिमको नआएपछि राहतको चामल फिर्ता

मङ्गलबार, २३ वैशाख २०७७, १७ : ४१
मङ्गलबार, २३ वैशाख २०७७

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले राहातका लागि खरिद गरेको चामल फिर्ता गरेको छ । 

ढुवानीकर्ताले सम्झौता अनुसारको चामल नल्याएपछि गाउँपालिकाले फिर्ता गरेको हो । कोरोनाभाइरसका कारण जारी लकडाउनको मारमा परेका नागरिकहरुलाई बितरण गर्न ठेकेदारमार्फत खरिद गरेको चामल सम्झौता बमोजिम नभएपछि फिर्ता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।

ठेकेदारसंगको खरिद सम्झौतामा सोना मनसुली चामल ढुवानी गर्ने सर्त राखिएको भएपनि रामविलास चामल मिसाएर ढुवानी गरेकाले फिर्ता गर्नु परेको दर्जीको भनाइ छ । अन्य सामग्री भने सम्झौता अनुसार नै ढुवानी भएका छन् । गाउँपालिकाले ढुवानीकर्तालाई सम्झौता अनुसारकै चामल ल्याउन निर्देशन दिएको छ ।

गाउँपालिकाले सम्झौता अनुसारको चामल निकाशा भएपछि अनुगमन गरेको र चामलको गुणस्तरमा ध्यान नदिएको पाइएपछि फिर्ता गरेको बताइएको छ । ढुवानीकर्तालाई सम्झौता बमोजिमकै चामल पुनः ढुवानी गर्न भनेकाले चामल आउने बित्तिकै राहात बितरण सुरु गर्ने गाउँपालिकाको तयारी छ ।

गाउँपालिकाले यसअघि प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुसार अति बिपन्न,अशक्त,अपांगता भएका ब्यक्ती र दैनिक ज्यालादारी गरेर गुजारा चाउने ब्यक्तीहरुको बिबरण संकलन गरेको थियो । सोही अनुसार गाउँपालिकाका सबै वडाका ७ सय ६७ परिवारलाई प्रतिपरिवार चामल २५ केजी, दाल २ केजी, तेल १ लिटर र नुन १ प्याकेट  बितरण गर्ने मापदण्ड बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप