बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्ध चीनको अनुभव र नेपालसँगको सहकार्य

मङ्गलबार, २३ वैशाख २०७७, १३ : ४८
मङ्गलबार, २३ वैशाख २०७७

काठमाडौँ । चीनको ऊहानमा पहिलो पटक देखिएको कोरोनाभाइस (कोभिड–१९) यतिबेला महामारीको रुपमा विश्वभर फैलिएको छ । यतिबेला पूरै विश्व महामारीलाई नियन्त्रण गर्नका लागि संघर्षरत रहेको छ र यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गरिरहेका छन् । भाइरसविरुद्ध चाँडै प्रतिक्रिया जनाएको चीनले भने पछिल्लो समय धेरै हदसम्म भाइरसलाई नियन्त्रणमा लिन सफल भएको छ । र, अहिले चीनले विश्वका अन्य देशहरुलाई भाइरसविरुद्धको लडाइँमा सहयोग गरिरहेको छ ।

नेपाल र जनगणतन्त्र चीनबीचको सम्बन्ध पुरानो र गहिरो रहेको छ । नेपाल–चीन सम्बन्ध सधैँ मैत्री र सौहार्दपूर्ण रहेको छ । असल छिमेकीको गतिलो अनुभव भएका यी दुई देशबीच विभिन्न सङ्कटका समयमा पनि सहायता आदानप्रदान भइरहेको छ । दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समर्थन, सहयोग र एकअर्काको संवेदनशीलतालाई सम्मानद्वारा चित्रित गर्दै आएका छन् । दुवै देशहरु शान्ति, मैत्री तथा सहअस्तित्वको सिद्धान्तको आदर्शमा अटल विश्वास राख्छन् । त्यसैकारण नेपाल निरन्तर एक चीन नीतिप्रति दृढ प्रतिबद्ध छ । चीनविरुद्ध कुनै पनि अनौपचारिक गतिविधिका लागि नेपालको भूमि प्रयोग गर्न नदिन पनि प्रतिबद्ध छ ।

सडक, जलविद्युत लगायतका विकास निर्माण, क्षमता अभिवृद्धि मात्र होइन, ठूला विपत्तिमा चीनको सहायता निरन्तर रहेको छ । १२ वैशाख ०७२ को भूकम्पमा चीनले जनशक्ति तथा अन्य सामग्री लगायतको सहायताले नेपालीलाई निकै ठूलो राहत मिलेको थियो । अहिले कोरोना भाइरसविरुद्धको लडाइँमा पनि आपसी सहकार्य कायम रहेको छ । चीनको उहानमा फैलिएको कोरोनो महामारीविरुद्ध चीन लडिरहेको बेला नेपालले एक लाखप्रति मास्क उपलब्ध गराएको थियो । कोरोना भाइरसविरुद्धको लडाइँमा नेपाललाई चीनले मास्क, पीसीआर मेसिन, थर्मलमिटर गन, पीपीई लगायतका प्रशस्त स्वास्थ्य सामग्री सहायता गरेको छ । यहाँ भाइरसको लडाइँविरुद्ध हामीले चीनबाट के सिक्न सक्छौँ भनेर विभिन्न नेता तथा विश्लेषकलाई सोधेका छौँ । यस्तो छ उनीहरुको भनाइः

बहुआयामिक क्षेत्रमा सहकार्य गर्नुपर्छ

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा नेता

चीनको उहानमा जतिबेला कोरोना भाइरस पहिलो पटक देखाप¥यो, वास्तवमा संसारले यसबारे बुझ्नै सकेको थिएन । विश्व स्वस्थ्य सङ्गठनहरु अलमलमै थिए । सुरुका केही दिन चीनका लागि पनि सकसपूर्ण थिएन । तर चीनले विकास गरेको उच्च प्रविधि, ज्ञान, सीपका कारण कोरोना भाइरसलाई छोटो समयमा पहिचान गर्न सफल भयो । विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनको अभूतपूर्व विकासले त्यो सम्भव बनाएको हो । केही वर्ष पहिला सार्सबाट पनि पीडित बनेको चीनले यस्ता भाइरसविरुद्धको अध्ययनमा पनि समय खर्चिएको कोरोना भाइरसविरुद्धको लडाइँको तत्परता, नियन्त्रणमा पाएको सफलताले पुष्टि गर्छ ।

मानवबाट मानवमा कोरोना भाइरस सर्छ भन्ने पहिचान भएलगत्तै चीनले मानवबीच भौतिक दूरी कायम गर्न लाग्यो । उहानलाई चीनको अन्य क्षेत्रसँग सम्पर्कविच्छेद गरायो र आवतजावत बन्द ग¥यो । बन्दाबन्दीको विधि अपनायो । सिङ्गो उहानलाई लकडाउन गरेर चीनले जुन उपाय अपनायो अहिले संसारका लागि त्यो निकै उपयोगी र भरपर्दो विधिका रूपमा देखिएको छ । कोरोनाबाट प्रभावित अधिकांश देशले बन्दाबन्दी विधि अपनाएका छन् । भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, विभिन्न जनवारहरुको सम्पर्कमा नरहने जस्ता विधि चीनले कार्यान्वनमा ल्याएका विधि नै संसारभर उपयोगी भए । चीनले कोरोनो भाइरसविरुद्ध लडिरहेका बेला जुन उपाय अपनायो वास्तवमा त्यतिबेला विश्वलाई थाहा पत्तै थिएन । चीनले  अपनाएको यो विधि नै सबैभन्दा प्रभावकारी देखाप¥यो । अहिले विश्वभरिका राष्ट्रले त्यही विधि अपनाए । नेपालले पनि त्यही विधिलाई उपयोग गरिरहेको छ । वास्तवमा बन्दाबन्दी विधि नै सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित उपाय रहेछ ।

त्योबाहेक उहानमा नियमित साबुनपानीले हात धुने अर्थात कोरोना भाइरस हातबाट नसरोस् भन्नलाई सफाइमा ध्यान दिने, हरेक वस्तुको निर्मलीकरण गर्ने, बाहिर हिँड्डुल गर्दा मात्र होइन, घरमा बस्दा सुरक्षित हुने, बाहिर भीडभाडमा नजाने, बैठकहरु नगर्ने, यातायात बन्द गर्नेजस्ता अभ्यास गरियो । ती कामबाट पनि सिक्नुपर्ने छ । अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । चीनका विभिन्न अनुसन्धान केन्द्रमा प्रयास भइरहेको छ । यद्यपि, औषधि नहँुदानहँुदै पनि चीन कोरोना महामारीबाट उम्किन सक्यो । अरू देश पनि नियन्त्रण गर्न सफल हुन्छन् । नेपालमा पनि सफल हुन्छ । अहिलेसम्म नेपालमा ठूलो महामारीका रूपमा फैलिएको छैन । त्यो नफैलिनुको एउटा कारण बन्दाबन्दी हो । बन्दाबन्दीले हामीलाई बचाइरहेको छ । जहाँ बढी सङ्ख्या देखिन्छ त्यहाँ सिल गर्नुपर्ने हुनसक्छ, उहानको जस्तै ।

चीनसँग नेपालले हातेमालो गर्नैपर्छ । त्यसका लागि पहिला र महत्त्वपूर्ण सरकार–सरकारबीचको सहकार्य हो । त्योबाहेकका विकल्पमा पनि सहकार्य गर्न सकिन्छ । त्यसका लागि विभिन्न अस्पतालहरुले सिस्टर रिलेसनमा काम गर्न सक्छन् । चिकित्सकहरुले अनुभव आदानप्रदान र उपचार विधिहरुको छलफल गर्न सक्छन् । व्यापारको सन्दर्भमा पनि नेपालले स्वास्थ्य सामग्री खरिद गर्नुपर्ने भएकाले त्यसमा पनि सहकार्य गर्न सकिन्छ । चीन सरकारसहित चीनका अन्य प्रान्तहरुले पनि नेपाललाई स्वास्थ्य सामग्रीमा सहयोग गरिरहेका छन् । चीनको स्वाशासित प्रान्त तिब्बतले पनि भर्खरै स्वास्थ्य सामग्रीहरु पीपीई, थर्मल मिटर गन, मास्कलगायत सहयोग गरेको छ । यी बहुआयामिक क्षेत्रबाट सहयोग आदानप्रदान गरेर काम गर्न सकिन्छ ।

कोरोना महामारीले समाजवाद ठीक भन्ने पुष्टि भयो  

सीपी मैनाली

महासचिव, नेकपा माले

डिसेम्बर २०१९ बाट कोरोना भाइरस रोगको पहिचान भयो र विश्वभर महामारीको रूपमा फैलियो । चीनको उहानमा पहिलो पटक देखिएको यो रोग पहिचान गर्न, यसको चरित्र र विशेषता पत्तो लगाउन गाह्रो भयो । तर चीनको नेतृत्वले त्यसलाई गम्भीर रूपमा लियो । एकातिर रोगको चरित्र र विशेषता पहिचान गर्ने अध्ययन अनुसन्धान सुरु भयो भने अर्कातिर रोगलाई नियन्त्रण र उपचार गर्ने मामिलामा चीनको नेतृत्वले कडाइको नीति लियो । रोग विस्तार हुन नदिन उहानबाट बाहिर जान र बाहिरबाट उहान प्रवेशमा रोक लगाइयो । त्यसले मानिसबीचको सम्पर्कबाट रोग फैलिने डर कम भयो । गम्भीरतापूर्वक लिएकै कारण चीनले कम क्षतिमा समयमै नियन्त्रण गर्न सक्यो । अहिले चीनले आफ्नो मुलुकमा नियन्त्रण गरेर सामान्य जनजीवनको सुरुवात गरायो । बाहिरी विश्वलाई सहायता गर्ने क्रममा अगाडि बढ्यो ।

अन्तर्राष्ट्रिय रूपमा पनि रोग नफैलियोस् भन्नेमा चीन सधँै सतर्क देखियो । तर महामारीका रूपमा देखिएपछि यो अमुक देश वा क्षेत्रको मात्र नभएर विश्वकै समस्या हो । मानवजातिको समस्या हो । सबैले मिलेर त्यसलाई नियन्त्रण गर्ने हो भन्ने कुरामा चीन अग्रसर भइरह्यो । त्यही मान्यताका कारण चीनले कुनै किसिमको राजनीति गर्नु हुँदैन पनि भनिरह्यो । त्यसलाई लिएर भेदभाव, घृणा र लाञ्छना फैलाउन पनि हुँदैन । यसलाई सहकार्यबाट परास्त गर्नुपर्छ । कोरोना भाइरसविरुद्ध लड्न जुन जुन देशले सहयोगको अपेक्षा गरे ती देशमा चीनले सक्दो सहयोग गरेको छ, केही स्वास्थ्य सामग्री पठाएर होस् वा स्वास्थ्यकर्मी पठाएर । 

चीन एउटा समाजवादी मुलुक हो । त्यहाँ एकको लागि सबै र सबैका लागि एक भन्ने मान्यता छ । त्यहाँ सामूहिकताको भिजन छ । चिनिया“ कम्युनिस्ट पार्टी समाजवादको बाटोमा छ । जहाँ आफ्नै किसिमको समाजवाद निर्माण गर्ने बाटोमा अगाडि बढिरहेको छन्, प्रगति पनि गरिरहेका छन् त्यहाँ स्वाभाविक रूपले राज्य र जनताको भलाइका लागि सरकारले हरतरहले काम गर्छ । राज्य जिम्मेवार भएर आएको छ जनताले पनि त्यति नै विश्वास गरेका छन् । त्यसो भएको हुनाले जनताको जीवन रक्षाका निम्ति महामारी रोक्न चीन सरकारले कडा नीति अवलम्बन गर्दा पनि जनताले साथ दिए ।

समाज ठूलो हो, मानवजाति ठूलो हो, व्यक्ति त्यस मातहतको हो । मानवजाति र समाजको स्वार्थअनुसार व्यक्तिका स्वार्थ रहन्छन् । त्यो मान्यतालाई समाजवादी मुलुकले बोक्छन् । त्यसले गर्दा समाज अनुशासित मात्रै होइन भरपर्दा र विश्वासयोग्य हुन्छन् । आफ्ना मान्यता अनुसार मानवजाति, समाज र व्यक्तिको स्वास्थ्यको जीवन रक्षाका लागि व्यक्तिगत अधिकारलाई सीमित गरेर भए पनि समाजलाई जोगाउने काम गर्छन् । चिनियाँ जनता र चिनियाँ समाजवादी सरकारबीच विश्वासको सम्बन्ध भएकाले चीन सरकारले महामारी नियन्त्रणका लागि जेजति नीति अघिसा¥यो त्यसलाई जनताले आफ्नै लागि ठाने । त्यसैकारण चीनजस्तो अधिक जनसङ्ख्या भएको देशमा कोरोना जहाँ पुगेको छ त्यहीँ स्थानीयकरण गर्न सक्यो ।

तर पु“जीवादी व्यवस्था भएका मुलुकमा समाज, मानवजातिभन्दा बढ्ता महत्त्व व्यक्तिको स्वतन्त्रताले पाउ“छ । विश्व महाशक्ति अमेरिकामा अहिले महामारीभन्दा पनि व्यक्तिगत स्वतन्त्रतामाथि विर्मश भइरहेको छ । नागरिक सडकमा निस्किएका छन् । महामारी फैलिँदो क्रममा छ । सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । मृतकको सङ्ख्या पनि बढ्दो छ । संसारमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रताडित देश भएको छ । त्यहा“को सरकार सबैभन्दा बढी अहंकारी छ । विश्वको सबैभन्दा जान्नेसुन्ने ठान्छ आफूलाई ।

कोरोना भाइरस शारीरिक दूरीको निकटता जति धेरै भयो त्यति नै फैलिने, सङ्क्रमित हुने सम्भावना हुन्छ । चीनले के भन्यो भने जति धेरै शारीरिक दूरी बढाउन सकियो कोरोना भाइरसलाई रोक्न त्यति सजिलो हुनेरहेछ तर अमेरिका अर्थात पुँजीवादी मुलुक त्यो कुरा मान्न तयार छैनन् । व्यक्तिगत स्वतन्त्रता र अधिकार हनन् भएको ठानेर अधिक स्वच्छन्दतावादका कारण समस्या आएको छ । पुँजीवादीहरु समाज, मानवजाति केही होइन व्यक्ति सर्वोपरी भन्ने व्यक्तिवादी विचार प्रभावशाली भएकै कारण अमेरिकामा कोरोना भाइरस फैलिने क्रम बढ्दो छ । मानवीय गतिविधि, क्रियाकलापमा सीमितता गर्न चाहँदैन ।

सामूहिकतामा विश्वास गरेर समाज र मानवजाति सर्वोपरी हो र व्यक्ति त्यसको अङ्ग हो भन्ने समाजवादी सोच राख्दा कोरोना भाइरसजस्ता महामारी नियन्त्रण गर्न सहज हुनेरहेछ भन्ने पुष्टि गरेको छ । जसले व्यक्तिगत अधिकार र स्वतन्त्रतालाई सर्वोपरी ठान्ने सैद्धान्तिक मत राख्छन् त्यसले कोरोना भाइरसजस्ता महामारी नियन्त्रण सम्भव छैन भन्ने तथ्य छर्लङ्ग भयो । कोरोना महामारी नियन्त्रण गर्ने सन्दर्भमा पनि स्वच्छन्दतावाद गलत रहेछ भन्ने पुष्टि भयो ।

चीनको झैँ राष्ट्रिय एकता चाहिन्छ

सुजाता कोइराला

पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ

एसियाली देशका राजनीति दलहरुबीच सम्पर्क, संवाद र सहकार्यका लागि एउटा फोरम छ, त्यसमार्फत हामी एकअर्काको राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य प्राविधिक विषयमाथि विर्मश गर्छौं । आ–आफ्ना अनुभव साटासाट गर्छौं । बेलाबेलामा बैठकहरु हुन्छन् । वास्तवमा एसियाली राजनीतिको यो अलाइन्स एसियाली देशको अनुभव साझा गर्ने विभिन्न राजनीतिक दलको सामूहिक फोरम हो ।

कोरोना भाइरसको महामारीका कारण अहिले बैठक गर्न समस्या छ । त्यसैले कोरोना भाइरसको सन्त्रास बढेका कारणले हामीले अनलाइन कन्फ्रेन्स गरेका थियौँ । कन्फ्रेन्समा कोरोना भाइरसविरुद्ध समन्वय स्थापित गर्दै एसियाली देशहरु कोरोना महामारीविरुद्ध कसरी लड्न सकिन्छ ? त्यसमा दलहरुको भूमिका के हुनसक्छ ? भनेर हामीले विमर्श गरेका थियौँ । आआफ्ना देशमा भइरहेका कोरोनाविरुद्धको लडाइँका अनुभव साटासाट गरियो । कन्फ्रेन्सको उद्देश्य नै एसियाली देशहरुको साझा समस्या समाधानका प्रयासबारे छलफलका साथै अनुभव र समस्याहरु सेयरिङका लागि थियो । त्यसले अरू मुलुकमा के भइरहेको छ भन्ने पनि थाहा हुने भयो । कसरी काम  भइरहेको छ  ? भन्ने पनि जानकारी हुने भयो । यसबाट नया“ विधि र उपायहरु आउन सक्छन् । अनलाइन कन्फ्रेन्समा अन्य देशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको भनाइ पनि सामूहिक प्रयत्न र अनुभवका आधारमा कोरोना भाइरस महामारीविरुद्ध लड्न सकिनेमा जोड थियो । 

सामूहिक प्रतिबद्धता र सहकार्यले विश्वमा महामारीविरुद्ध लड्न सकिने निष्कर्ष निकालेका थियौँ । एसियाली देशहरुमध्ये केही धनी छन् केही गरिब । केही प्राविधिक रूपमा सक्षम छन् केही देश पिछडिएका छन् । कन्पे्रmन्समा हामीहरु ऐक्यबद्ध र अनुुुशासित हुन सक्यौँ भने कोरोनाको महामारीविरुद्ध लड्न सकिन्छ भन्ने मेरो धारणा थियो । अमेरिका, युरोप कोरोनाका कारण भयावह स्थितिमा छन् । संयोगले एसियाली मुलुक त्यो भयावह स्थितिमा पुगेका छैनन । विश्व जनसङ्ख्या र औद्योगिक विकासका दृष्टिकोणले एसिया अहिले विशाल क्षेत्रका रूपमा रहेको छ । यो क्षेत्रमा हुने उथलपुथलले संसार तत्काल प्रभावित भइदिन्छ । त्यसकारण परिस्थिति भयावह नहुँदै एसियाली मुलुकको महामारी नियन्त्रणको विधि र पूर्वतयारी आवश्यक छ । चीनले उहानमा उपयोग गरेको नियन्त्रण विधिले संसारलाई सुरक्षित गर्न सक्छ । त्यसकारण ती विषयमा पनि अनलाइन कन्फ्रेन्समा छलफल गरेका थियौँ । एसियाली राजनीतिक दलको अनलाइन कन्फ्रेन्समा मैले भनेको थिएँ, हामीबीचमा ऐक्यबद्धता हुनुपर्छ र एकअर्कालाई मद्दत गर्नुपर्छ अनि मात्रै यो समस्या समाधान गर्न सकिन्छ ।

कोरोना महामारीले नेपाललाई पनि लपेटेको छ । सङ्ख्या र सन्त्रास बढ्दै गएको छ । सङ्ख्या थोरै भएकै बेला सतर्कता अपनाउनुपर्ने तथा पूर्वतयारी गर्नुपर्ने हुन्छ । नेपाल त्यो कुरामा चुक्नु हुँदैन । अवसर गुमाएर भयावह स्थिति नियन्त्रण गर्न नसक्स्ने अवस्था आउन दिनु हुँदैन् । यसका लागि हामीले अन्तर्राष्ट्रिय अनुभव पनि साटासाट गर्नुपर्छ । जब चीनको उहानमा कोरोनाको महामारी सुरु भयो, त्यसलगत्तै चीनले मानिसबीच सामाजिक दूरी राख्ने, बन्दाबन्दी गर्ने विधि तथा अन्य धेरै नै सतर्कता अपनाएको थियो र भयावह स्थितिलाई नियन्त्रणमा राख्यो । अहिले त्यसबाट त्राण पाइसकेको छ । त्यसकारण चीनले उपयोगको गरेको प्रविधि, चिकित्सकीय अनुभव, स्वास्थ्य सामग्रीको प्रयोग तथा स्थानीय सचेतनाका अनुभवबाट हामीले सिक्नुपर्छ । सबैभन्दा पहिला त चिनिया“हरुमा झैँ हामीमा पनि एकता हुनुप¥यो । अनुशासित हुनुप¥यो । देशभित्र दलीय एकता हुनु¥यो । राजनीतीकरण गर्नुभन्दा पनि अहिले महामारीलाई लडेर विजय प्राप्त गर्नुपर्छ ।

नेपालको आर्थिक प्राविधिक पहु“चका अभावले चीनले जति त गर्न नसकिएला तर सहकार्य गर्न सकिन्छ । चीनले कोरोना भाइरससम्बन्धी एप्स बनाएको छ । त्यो एप्सले कोरोना भाइरस भए नभएको मात्र होइन, को व्यक्ति कुन ठाउ“मा हिँडिरहेको छ भन्नेसम्म थाहा हुन्छ । उसले विज्ञान तथा प्रविधिको नया“ प्रयोग ग¥यो । उसले रोबोट पनि प्रयोग ग¥यो । त्यति मात्र होइन, सङ्कटको यस्तो घडीमा चीनमा राष्ट्रियताको भावना झनै प्रबल देखियो ।

राजनीतिक विचारभन्दा माथि उठेर सार्क क्षेत्र र चीनले सहकार्य गर्न सक्छन्

चीनबाट सार्क क्षेत्रले निकै सिक्न सक्छ

टङ्क कार्की

चीनका लागि नेपालका पूर्वराजदूत

कोरोना महामारीको चपेटामा सबैभन्दा पहिला चीन परेको थियो । डिसेम्बरको अन्तिम सातामा उहानमा देखिएको कोरोना सङ्क्रमित हँुदै अहिले विश्वव्यापी भएको छ । तर चीनले कुशलतापूर्वक उहानमा फैलिएको कोरोना सङ्क्रमणलाई काबुमा राख्यो । जसले गर्दा अहिले संसार कोरोनाको चपेटामा परेका बेला चीनले ७० दिनभन्दा बढी बन्दाबन्दी गरेको  उहान सहरलाई खुला पनि गरिसकेको छ । यसले चीन प्राविधिक, आर्थिक र मनोवैज्ञानिक रूपमा यस्ता सङ्कटहरुको सामना र नियन्त्रण गर्न सक्छ भन्ने पुष्टि गरेको छ । कोरोनाविरुद्धको लडाइँ लड्नका लागि चीनसँगै संसारले भर पर्नुपर्ने भएको छ । महामारी नियन्त्रणको विधिका रूपमा होस् वा स्वास्थ्य सामग्रीको हिसाबले होस् चीनले नै उत्पादन र निर्यात गरिरहेको छ । जसले गर्दा संसारले अहिले चीनसँग दरिलो सहकार्य गर्नुपर्ने अवस्थामा छ ।

पैmलिँदो महामारीलाई नियन्त्रण गर्न संसार लागिरहेको बेला नेपालसहितका सार्क मुलुकहरु पनि प्रयासरत छन् । अहिलेसम्म सार्क क्षेत्रका देश कोरोनाबाट धेरै प्रभावित भइसकेका छैनन् । यी मुलुक महामारीको विकराल रूप नआओस् भनेर प्रयासरत छन् । देशभित्रको प्रयास मात्र नभई सार्क क्षेत्रकै प्रयासमा पनि जोडिएका छन् । त्यही सामूहिक प्रयासका लागि अघिल्लो महिना सार्कका सरकार प्रमुखले भिडियो कन्फ्रेन्स पनि गरेका थिए । त्यतिबेला सार्क क्षेत्रमा कोरोना महामारीविद्ध लड्न कोष खडा गर्ने सहमति पनि जुट्यो ।

कोरोनाविरुद्ध लडेको अनुभव र साधन स्रोतको हिसाबले चीनबाट सार्क क्षेत्रले निकै सिक्न सक्छ । चीन सार्कको पर्यवेक्षक मुलुक पनि हो । त्यस कारणले राजनीतिभन्दा माथि उठेर सहकार्य, समन्वय र अनुभव साटफेर गर्न सकिन्छ । अहिले पश्चिमा मुलुकहरु चीनविरुद्ध लागेका छन् । चीनले नै कोरोना फैलाएको जस्ता अफवाह फैलाएर संसारलाई तरङ्गित बनाउने प्रयासमा छन् । यो अफवाहको पछाडि नलागेर र राजनीतिक आग्रह, पूर्वाग्रह र दुराग्रह नराखी सार्क क्षेत्रले सहकार्य गर्नुपर्छ । पुरानो वैरभाव पनि त्याग्नुपर्छ । सामूहिक प्रयत्नले मात्रै यस्ता महामारीलाई नियन्त्रण गर्न सकिन्छ । चीनको अनुभव र सार्क क्षेत्रले साझा काममा हातेमालो गरेर नै जानुपर्छ । प्राविधिक रूपमा कहाँ कसरी जाने भन्ने अर्को मूल कुरा चाहिँ अनुभव र स्वास्थ्य सामग्रीको सहज वितरणमा सहकार्य नै हो ।

चीन र सार्क क्षेत्र संसारकै ठूलो जनसङ्ख्या भएको क्षेत्र हो । व्यापारको केन्द्र पनि हो । यो क्षेत्रमा अलिकति तलवितल हुने बित्तिकै परिस्थिति भयानक हुन्छ । त्यसले संसारलाई अर्को सङ्कटमा लैजान सक्छ । त्यसकारणले पनि संयुक्त रूपमा सामना गर्ने प्रयत्न गर्न सकिन्छ । एकअर्काका अनुभव साटफेर गर्ने संयुक्त प्रयोग गर्न सकिन्छ ।

कोरोना महामारीले विश्वलाई नयाँ ढाँचामा लैजाँदैछ । त्यो विश्व व्यवस्थामा कसैले अस्वीकार गर्न नसक्ने गरी चीन उपस्थित हँुदैछ । चिनियाँहरु साझा मानवीय हितको प्रसङ्ग उठाइरहेको छन्, अबको विश्वको गन्तव्य यही हो । जसमा आज मानवीय प्रयासको प्रतिफल कुनै मुलुक विशेषले मात्र होइन संयुक्त रूपमा उपयोग गर्न सकियोस् । अरूलाई पनि भाग लगाउन सकियोस् । सबै कुरा बलियोसँग मात्र नहोस् भन्ने देखिन्छ ।

यो आलेख सिल्क रोड क्लबका मित्रहरुले तयार गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप