शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाः जून महिनासम्ममा दैनिक मृत्युदरमा ७२ प्रतिशतको वृद्धि हुने खुलासा

मङ्गलबार, २३ वैशाख २०७७, ०६ : ३९
मङ्गलबार, २३ वैशाख २०७७

अमेरिकामा जून महिनासम्म कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुने संख्या हाल १७ सय ५० बाट बढेर करिब तीन हजार हुनसक्ने खुलासा भएको छ ।

अमेरिकाको रोगमाथि नियन्त्रण र त्यसको बचाउका लागि बनेको संस्था सिडिसीको एक आन्तरिक मेमोबाट यस्तो पत्ता लागेको हो । यसलाई न्यूयोर्क टाइम्स पत्रिकाले प्रकाशित गरेको छ ।

यद्यपि, ह्वाइट हाउसले यो रिपोर्टलाई विवादास्पद बताएको छ ।

सिडिसीको रिपोर्टमा मे महिनाको अन्तिमसम्म दैनिक दुई लाख नयाँ संक्रमित भेटिने आशंका भएको भन्दै अधिकारीलाई चेतावनी दिइएको छ । हाल औसतमा २५ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा केही राज्यमा लकडाउन खुकुलो बनाउँदा र आर्थिक गतिविधी सुरु भएपछि त्यहाँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । वैज्ञानिकका अनुसार यो चिन्ताजनक स्थिती हो र अमेरिकालाई यसबाट बाहिर निस्कन निकै लामो समय लाग्नेछ ।

आइतबार राष्ट्रपति ट्रम्पले अमेरिकामा जम्माजम्मी एक लाख व्यक्तिको मृत्यु  हुने आशंका गरिएको बताएका छन् ।

ह्वाइट हाउसका एक प्रवक्ताले सिडिसीको रिपोर्टलाई अस्विकार गर्दै भने, ‘यो न नै ह्वाइट हाउसको रिपोर्ट हो न नै यसलाई कोरोनाभाइरस टास्क फोर्स सामू राखिएको छ र न नै यसलाई सरकारी निकायले यो रिपोर्टमाथि अनुसन्धान गरेको छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप