मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीले रोकिँदैन चेस, अनलाइन नेसन्स कप हुने

सोमबार, २२ वैशाख २०७७, १८ : २४
सोमबार, २२ वैशाख २०७७

कोभिड–१९ कोराना भाइरसका कारण जुन–जुलाईसम्म सबै खेल प्रतियोगिता स्थगित गरिएको छ । यहाँसम्म कि खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक समेत स्थगित छ । 

तर, चेस रोकिनेवाला छैन । अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) र चेस डटकमले मिलेर अनलाइन नेसन्स कप गराउँदैछन् । यो प्रतियोगिता मंगलबारदेखि सुरु हुनेछ र फाइनल खेल १० मेइमा हुनेछ । यसमा भारत, रुस, अमेरिका, चीन, युरोप र बाँकी दुनियाँको एकै टिम (रेस्ट अफ वल्र्ड) बीच प्रतिस्पर्धा हुनेछ । 

९ मेसम्म यी टोलीबीच राउन्ड रोबिन प्रतिस्पर्धा हुनेछ र यसपछि शीर्ष २ टिमबीच १० मेमा फाइनल हुनेछ । यस प्रतियोगितामा ५ पटक विश्व च्याम्पियन बनिसकेका भारतीय खेलाडी विश्वनाथन आनन्द पनि खेल्नेछन् । 

यस प्रतियोगिताको विजेताले १ लाख ८० हजार डलर पाउनेछन् । सन्यास लिइसकेका दुई स्टार ग्यारा कास्पारोव र भ्लादिमिर क्रेमनिक यस प्रतिस्पर्धामा सहभागी हुनेछन् । कास्पारोव युरोप र रुसी खेलाडी भ्लाादिमिरले यसपटक भारतको कप्तानी गर्नेछन् । भारतीय टिममा कप्तान भ्लादिमिर र विश्वनाथ आनन्दसँगै विदित गुजराती, पेन्तला हरिकृष्णा, कोनेरु हम्पनी, अधिवन भास्करन र हरिका द्रोवावल्ली समावेश छन् । 

यस्तो छ नियम 
प्रतियोगिता समावेश हरेक ६ टिममा कप्तानसहित ७–७ खेलाडी हुनेछन् र हरेक टिममा कम्तिमा एक महिला खेलाडी हुनुपर्ने नियम राखिएको छ । प्रतिस्पर्धामा भने ४ खेलाडी (तीन पुरुष र एक महिला) मात्रै उत्रनेछन् । यी खेलाडीको चयन कप्तानले गर्नेछन्, बाँकी खेलाडी रिजर्भ रहनेछन् । 

खेलमा हरेक चालपछि खेलाडीलाई २५ मिनेट र एक्स्ट्रा टाइमका रुपमा १० सेकेन्ड पनि दिइनेछ । 

प्रतियोगिताका दौरान अनुचित उपाय प्रयोग नहोस् भन्न हरेक खेलाडी भिडियो कन्फ्रेन्सिङमार्फत जोडिने व्यवस्था गरिउको छ । त्यस्तै, चेस डटकम र फिडेद्धारा सीसीटिभी, डेस्क स्क्यान, रुम स्क्यान, स्क्रिन शेयर, मोनिटर चेकसहित अन्य धेरै प्रकारका निगरानी राखिनेछ । 

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप