बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी लागुऔषधसहित ५ जना पक्राउ

सोमबार, २२ वैशाख २०७७, १४ : १८
सोमबार, २२ वैशाख २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा लागुऔषधसहित आज पाँच जना पक्राउ परेका छन् । प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७०० ग्राम गाँजा बरामद गरेको छ । गाँजा लुकाइछिपाई राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र  २४ वर्षीय मुकेश  तथा रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी  छन् । यसैगरी रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो । अभियुक्त सबैलाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप