शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपुरका लागि आलियाले लेखिन् भावुक पोष्टः रणबीरकी आमाले भनिन्, ‘लभ यू’

सोमबार, २२ वैशाख २०७७, १० : ३०
सोमबार, २२ वैशाख २०७७

हिन्दी सिनेमाका लोकप्रिय नायक ऋषि कपुरको निधनपछि बलिउड शोकमा छ । अर्का दिग्गज कलाकार इरफान खानको निधन भएको भोलिपल्टै ऋषि कपुर पनि यो संसारबाट बिदा भए । प्रशंसकका साथै कलाकारले पनि यी स्टारलाई श्रद्धाञ्जली दिइरहेको छन् । आलिया भट्टले पनि ऋषि कपुरको निधनमा भावुक पोस्ट सेयर गरेकी थिइन् ।

यो पोस्टमा ऋषि कपुरकी श्रीमती र रणबीर कपुरकी आमा नीतू कपुरले प्रतिक्रिया दिएकी छिन् । नीतूको प्रतिक्रियामा आलियाले पनि प्रतिक्रिया दिएकी छिन् । रणबीर कपुर र आलिया पछिल्लो केही समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् ।

आलियाले ऋषि कपुरको निधनमाथि लेखिन् यो पोस्टः

आलियोले आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘म यी सुन्दर व्यक्तिबारे के भनौं जसले मेरो जीवनमा यति धेरै माया र सकारात्मक पक्ष लिएर आए । आज जसले पनि लेजेन्ड ऋषि कपुरबारे कुरा गरिरहेका छन् । यद्यपि, म उनलाई पछिल्लो केही समयदेखि चिन्दछु तर पछिल्लो दुई वर्षमा उनलाई एक साथी, चिनियाँ खानाका पारखी, सिनेमा लभर, एक फाइटर, लिडर, एक स्टोरीटेलर र ट्वीटरका लागि प्यासोनेट व्यक्ति र एक उत्कृष्ट पिताको रुपमा चिन्दथेँ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️❤️❤️

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt) on

आलिया थप्छिन्, ‘यी दुई वर्षमा मैले उनीबाट जति माया पाएँ, त्यसलाई म जीवनभरी याद राख्नेछु । म युनिभर्सलाई धन्यवाद दिन चाहन्छु कि मैले उनलाई चिन्ने मौका पाएँ । आज थुप्रै मानिसहरुले भन्छन् कि उनी एक परिवारको सदस्य जस्ता थिए किनभने उनले तपाईंलाई त्यस्तै महसुस गराउँथे । लभ यू ऋषि अंकल । तपाईंलाई म सधैं सम्झनेछु । धन्यवाद तपाईंलाई ।’

नीतू कपुरले यो पोस्टमा रियाक्ट गर्दै लेखिन्, ‘लभ यू’ जसमा आलियाले पनि रियाक्ट गर्दै भनिन्, ‘सो मच ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप