मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सवारीको बाहिरपट्टी मात्र डिस्इन्फेक्सन स्प्रे छर्केर किटाणु मर्दैन

सोमबार, २२ वैशाख २०७७, ०८ : ५४
सोमबार, २२ वैशाख २०७७

कोरोना संक्रमण फैलिन नदिनका लागि डिस्इन्फेक्सन स्प्रेले राजमार्ग, घरकापर्खाल, बाटो पखालेर संक्रमणबाट जोगिन नसकिने विज्ञहरु बताउँछन् । बरु, बाटो–बाटो घर–घरको पर्खालमा डिसइन्फेक्सन स्प्रे छर्किदा बातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने स्वास्थ्य विज्ञ समीरमणि दिक्षित बताउँछन् । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि विभिन्न थरिका किटानाशक छर्किदा २० देखि २५ प्रतिशतमात्रै कामग र्ने उनले बताए । डिसइन्फेक्सन स्प्रे  अति आवश्यक सीमित क्षेत्रमा विषेश निगरानीमा छर्किनुपर्ने उनी बताउँछन् । कोरोनाभाइरस फैलिनका लागि राजमार्ग, घरका गेट, बाटोमा छर्किनुभन्दा जनतालाई साबुनपानी, सेनिटाइजरको उचितप्रयोग तथा सरसफाइका बारेमा जनचेनता फैलाउनु अति उपयुक्त हुने उनको भनाइ छ ।

कोेरोनाभाइरसविरुद्ध डिस्इन्फेक्सन स्प्रे छर्किदा ध्यान नदिएमा छाला, आँखामा प्रत्यक्ष असर पु-याउँछ । यस्तै शरीर र बातावरणमा अप्रत्येक्ष रुपमा समेत असर पु¥याउने गर्छ । अति आवश्यकीय सार्वजनिक स्थालमा डिस्इन्फेक्सन स्प्रे छर्किदा पूर्णरुपमा जानकारी गराएर छर्किनुपर्ने उनी बताउँछन् ।

पानीबाट सर्ने रोगका लागि प्रयोग गरिने किटनाशकले हावाबाट सर्ने रोगका लागि खासै प्रभावकारी हुन नसक्ने रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी थप्छन् । श्वासप्रवासको माध्यमबाट सर्ने रोगलाई बाटोबाटो भित्ताभित्तामा डिसइन्फेक्सन स्प्रे छर्किनु उपयुक्त नहुुने बताउँछिन् । किटनाशक सडक, घरमा छर्किदा प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा बातावरण तथा जनस्वास्थ्य असर पार्छ । त्यसैले हचुवाको भरमा यस्ता स्प्रे छर्न नहुने उनी बताउँछन् । अनाधिकृत रुपमा डिसइन्फेक्सन स्प्रे छर्कदा क्लोरिन, सोडियम, हाइड्रो क्लाराइडजस्ता किट्नाशक प्रयोग गर्न नहुने उनी बताउँछन् ।

 डिस्इन्फेक्सन टनेलको प्रभावकारीता

काठमाडौँ प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा गत शुक्रबारदेखि कोरोनाको संक्रमणलाई रोक्नका लागि डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको छ । नागढुङ्गा हँुदै राजधानी भित्रने सवारी साधनलाई निःसंक्रमण बनाएर भित्राउन सरकारले स्वीकृति दिएको चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले बताइन् । 

लकडाउनको समयमा अत्यावश्यक सामाग्री बोकेर राजधानी भित्रिएका सवारी साधनलाई निःसंक्रमण गराउने तरिका प्रभावकारीता नभएको पूर्वनिर्देशक डाक्टर मरासिनी बताउँछन् । ‘काठमाडौँ भित्रने मालवाहक सवारीको बाहिरी भागमा मात्र डिसइन्फेक्सन स्प्रे छर्किएर हुुँदैन,’ डाक्टर मरासिनी भन्छन्, ‘सवारी भित्रीभाग सिट, झयाल, ढोका, हातले छुने डण्डी, सामान राख्ने ठाउँमा छर्किनुपर्छ ।’

मालवाहक सवारीसँगै यात्रुवाहक सवारीको भित्री र बाहिरी भागमा डिसइन्फेक्सन स्प्रे छर्किनुपर्ने उनी बताउँछन् । काठमाडौँ प्रवेश गर्ने सवारी घाम, पानीधुलो, हिलो, फोहोरबाटो हुँदै आउने हुँदा मालबाहक सवारीको बाहिरी भागमा मात्रै डिस्इन्फेक्सन स्प्रे छर्किदा विभिन्न किसिमका सरुवा फैलनमा कमी नआउने उनी बताउँछन् । 

‘मालवाहक वा यात्रुवाहक सवारीमा यात्रा गर्ने मानिसलाई झारेर सवारी साधनको भित्रीभागमा समेत स्प्रे छर्न पर्छ,’ उनले भने, ‘यसमा विशेष ध्यान दिनुपर्छ किनभने सरुवा रोगको किटाणु मार्न प्रयोग गरिने किटानाशक मानिसको स्वास्थ्यलाई असर पर्न हुनभएन ।’

सवारी कतिबेर रोकिनुपर्छ ?

उपत्यका प्रवेश गर्ने ठुलो सवारी साधनलाई डिस्इन्फेक्सन स्प्रे छर्किन एक मिनेट लाग्छ भने साना सवारीलाई ३० सेकेण्ड लाग्ने नगरपालिकाका उपप्रमुख नकर्मीले बताइन् । सोडियम हाइड्रो क्लोरिन र पानीको मिश्रण गरेर सवारीमा छर्किने गरेको उनले बताइन् । सोडियम होइड्रो क्लोरिन र पानी गरि १ लिटर ठूला सवारी साधन र सानाका सवारीका लागि कम मात्रामा डिस्इन्फेक्सन स्प्रे छर्किनुपर्ने उनले बताइन् । चन्द्रागिरी नगरपालिकाले कोरोना संक्रमणबाट बाच्नका लागि उपत्यका खानेपानी व्यवसायी संघ, नेपाल प्रहरी लगायतसँग समन्वय गरेर डिस्इन्फेक्सन टनेल सञ्चालन गरेको उनको भनाइ छ । त्यहाँ ६ हजार लिटर क्षमताको टयाङ्की राखिएको छ । राजधानी प्रवेश गर्ने मालवाहक सवारीको बाहिरी भागमा निःसंक्रमण बनाउनका लागि  हरेक दिन डिस्इन्फेक्सन स्प्रे छर्किने गरेको उपप्रमुख नकर्मीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप