शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्स, इटली र स्पेनमा मृतकको संख्यामा भारी कमी

सोमबार, २२ वैशाख २०७७, ०७ : ३२
सोमबार, २२ वैशाख २०७७

पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ ।

फ्रान्समा १३५, स्पेनमा १६४  र इटलीमा १७४ जनाको मृत्यु भएको छ ।

यसैबीच फ्रान्सका डाक्टरका अनुसार कोरोना बिरामीको नयाँ स्याम्पलको आधारमा फ्रान्समा कोरोनाभाइरस गत वर्ष नै प्रवेश भइसकेको थियो ।

पेरिसका एक डाक्टरका अनुसार २७ डिसेम्बरमा नै कोरोनाभाइरसको संक्रमण पाइएको थियो ।

फ्रान्समा कोरोनाभाइरस भएको आधिकारिक पुष्टि सरकारले यसको धेरै हप्तापछि गरेको थियो ।

मार्च पछि एक दिनमा १३५ जनाको मृत्यु भएको यो आँकडा सबैभन्दा कम हो ।

फ्रान्समा मे ११ दखि लकडाउन हटाउने तयारी भइरहेको छ । त्यसपछि बच्चाहरु स्कूल जान सक्छन् र केही व्यावसाय खोल्न अनुमती दिइनेछ र कुनै कागजातबिना मानिसहरु सय किलोमिटरसम्म जान सक्नेछन् ।

आइतबार फ्रान्सका स्वास्थ्यमन्त्रीले नयाँ संक्रमणमा कत्तिको कमी आउँछ, त्यसमा पनि धेरै कुरा निर्भर हुने बताएका छन् ।

इयू र ब्रिटेनबाट फ्रान्स भित्रिने मानिसहरुलाई दुई हप्ताको क्वारेन्टाइनको पनि आवश्यकता हुनेछैन ।

स्पेनमा २४ घण्टामा १६४ जनाको मृत्यु भएको छ । यो पछिल्लो डेढ महिनाको सबैभन्दा कम आँकडा हो । सात हप्तापछि वयस्कलाई बाहिर निस्कने अनुमती दिइयो ।

सोमबारदेखि मानिसहरु सार्वजनिक यातायातमा मास्क लगाएर यात्रा गर्न सक्नेछन् र केही व्यवसाय खुल्नेछन् ।

इटलीमा पनि दुई महिनामा सबैभन्दा कम संख्या देखियो जब २४ घण्टामा १७४ मानिसहरुको मृत्यु भयो ।

इटलीमा पनि सोमबारदेखि लकडाउन खुकुलो बनाइँदैछ । यद्यपि, स्कूल, सिनेमाघर र मल बन्द हुनेछन् ।

इटलीमा हालसम्म २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । अमेरिका पछि इटली दोस्रो स्थानमा छ । अमेरिकामा हालसम्म ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप