लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने ३ जना पक्राउ
लकडाउनको अवधिमा पार्किङ गरेका बसहरुबाट एलइडी टिभी र म्यूजिक प्लेयर चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङवेशीमा विभिन्न मितिमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ ख ९१३० र लु २ ख १९५४ नंम्बरको बसहरुमा यात्रुहरुको मनोरञ्जनको लागि जडान गरिएको एलइडी टिभी तथा म्यूजिक प्लेयरहरु चोरी भएको थिए ।
चोरको खोजतलास गर्दै जाने क्रममा वैशाख १८ गते धादिङ कै सिद्धलेक गाउँपालिका–५ पोखरी स्थितबाट चोरी गरिएका एलइडी टिभी ६ थान, म्यूजिक प्लेयर ३ थान, स्पिकर २ थान, चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान सहित चोरी गर्ने अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले फेला परेको थियो ।
पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक–५ बस्ने वर्ष २२ को अभिषेक श्रेष्ठ, सोही स्थान बस्ने वर्ष १९ का श्याम श्रेष्ठ र वर्ष २५ को अजय श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई फेला परेको सामानहरुसहित निजहरुलाई चोरी मुद्दामा धादिङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा १ जना व्यक्ति फरार रहेकोले फरार व्यक्तिको खोजतलास कार्य समेत भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा १ वर्षमा ५९ हजार मुद्दा दर्ता
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
-
प्रदेश सरकारको भागबन्डामा जुटेन सहमति, गठबन्धन दलहरूको आ–आफ्नै अडान
-
सर्लाहीबाट १० निरीक्षक निष्कासित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए