लकडाउनको बेला अमेरिकामा सित्तैमा कण्डम डेलिभरी गर्न थालियो
अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएको समाचारमा जनाइएको छ ।
कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।
‘यो स्वास्थ संकटका बेला हाम्रो समुदायलाई नचाहेको गर्भ रहन, सरुवा यौन रोग र एचआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएका छौं,’ मिचिगन स्वास्थ विभाग तथा मानव सेवाकी प्रवक्ता लायन सुत्फिनले एमलाईभ डटकमसँग भनेकी छिन् ।
सुत्फिनका अनुसार मिचिगनवासीहरुले इमेल ठेगाना मार्फत कण्डमको अर्डर गर्नसक्छन् । कण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । सुफिनका अनुसार प्रत्येक प्याकेजमा १० वटा कण्डम र लुब्रिकेशनको १० प्याकेट हुन्छ ।
इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पु-याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क कण्डम उपलब्ध गराउने गरेको थियो । तर लकडाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको हो ।
मिचिगनमा भर्खरै मात्र घरमै बस्न दिइएको निर्देशनको विरोधमा प्रदर्शन भएको थियो । हतियारसहितका प्रदर्शनकारीले गत बिहीबार मिचिगन स्टेट हाउसअगाडि लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
अमेरिकामा आइतबारसम्म ११ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । ६७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । मिचिगन राज्यमा ४३ हजारभन्दा बढीमा कोरोना देखिएको छ भने ४ हजार २० जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज