बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यदि यी तस्बिरमा कुनै अनुहार देखिएको छ भने तपाईंलाई लागेको छ यो रोग

आइतबार, १८ भदौ २०७४, १५ : ०३
आइतबार, १८ भदौ २०७४

के तपार्ईं पनि कुनै चीजलाई ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? यदि यसको उत्तर सकारात्मक आउँछ भने तपाईंलाई एक विशेष प्रकारको रोग लागेको छ ।

वास्तवमा यो रोगलाई पेरिडोलिया (Pareidolia)  भनिन्छ । यो एक मनोवैज्ञानिक विकार हो । यसमा मानिसहरुले कुनै पनि कुरामा ध्यानपूर्वक हेर्दा त्यसमा कसैको अनुहार देख्ने गर्दछन् । युनिभर्सिटी अफ टोरेन्टोका प्राध्यापक कांग लीले पेरिडोलियामाथि निकै अनुसन्धान गरेका छन् । उनका अनुसार यो समस्याबाट जुधिरहेका मानिसहरुले तनाव लिनुपर्दैन किनभने जसको दिमाग तेज हुन्छ उनीहरुले धेरैजसो वस्तुमा अनुहार देख्ने गर्दछन् ।

के हो पेरिडोलिया ?

यस्ता व्यक्तिहरुले कुनै पनि तस्बिर वा छायाँमा अपरिचित अनुहार देख्ने गर्दछन् ।

यो अनुहार उनको दिमागको उपज हो जसलाई उनीहरु कल्पनामार्फत महसुस गर्ने गर्दछन् ।

थुप्रै पटक मानिसहरुले चट्टान वा ढुङ्गामा पनि अनुहार देख्ने गर्दछन् । यसलाई मिमेटोलिथ्स भनिन्छ ।

हुन त यो रोगले कुनै हानी पुर्याउँदैन तर यदि दिमागमा प्रत्येक पटक डरालाग्दो छायाँ देखिन्छ भने यसले समस्या निम्त्याउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप