केन्द्रीय संस्करण

छिमेकी बालबालिका

person explore access_timeबैशाख २१, २०७७ chat_bubble_outline0

 

छङ वेई

त्यस दिन छयुछयु आफ्नो घरसँगैको फिङफिङको घरमा खेल्न गएकी थिई । फिङफिङका बाआमाले छोराका लागि एउटा टेपरेकर्डर किनिदिएका थिए । टेपरेकर्डर कति सानो थियो भने त्यहाँबाट आवाज निस्कँदा सुनिएला भन्ने पत्याउनै गाह्रो पर्थ्यो । फिङफिङले बटन थिच्यो । त्यस सानो टेपरेकर्डरबाट सुरिलो आवाज गुन्जियो ।

“यो मलाई विदेशी भाषा सिक्न भनेर किनिदिएको ।” फिङफिङले छयुछयुलाई भन्यो । यसोभन्दा उसका अनुहारमा दिग्दार लागेको भाव झल्किन्थ्यो ।

छयुछयुले पनि लामो निश्वास छोडी । फिङफिङ आफ्नै मातृभाषाको उच्चारण राम्रोसँग गर्न जान्दैनथ्यो । विदेशी भाषा उच्चारण कसरी जानेर सिक्ने ? उसलाई विदेशी भाषा सिकाउनै खोजेको किन हो कुन्नि ? ठूलो मान्छेको मनको जाँच लिन साह्रै गाह्रो छ ।


 फिङफिङ आफ्नै मातृभाषाको उच्चारण राम्रोसँग गर्न जान्दैनथ्यो । विदेशी भाषा उच्चारण कसरी जानेर सिक्ने ? उसलाई विदेशी भाषा सिकाउनै खोजेको किन हो कुन्नि ? ठूलो मान्छेको मनको जाँच लिन साह्रै गाह्रो छ ।


यत्तिकैमा तल आँगनमुनि सिँढीबाट हैँ हैँ गरेजस्तो आवाज आयो । आवाज धेरै मानिसको थियो । धेरै मानिसले एउटा बढेमानको भार उठाएर उकाल्न लागेको आवाज थियो । छयुछयु र फिङफिङ आवाजले तानिए । बाहिर बरन्डामा निस्किएर हेर्न थाले ।

अनुमान सही भयो । बढेबढे हातपाखुरा भएका आठ नौ जना लाठेहरुले बढेमानको बाक्सा उठाएर बल्लबल्ल सिँढी चढाउँदै थिए । बाक्सा जतनसँग आँगनमा उकालियो ।

यस्तो बाक्सा कसले किनेको ? कस्तो सन्की मान्छे होला यत्रो बाक्सा किन्ने ? छयुछयुले भनी ।

“तिमीले भनेको एकदम साँचो हो । यो बाक्सा त घरभित्र राख्ने ठाउँ पनि हुँदैन ।” फिङफिङले भन्यो ।

‘नम्बर ३०५, नम्बर ३०५’ घरमा को छ ? एक जना लाठेले पूरै गल्ली थर्किने गरी चिच्यायो । आवाज सुन्दा उसको घाँटी उसको पाखुराभन्दा पनि मोटो होला जस्तो लाग्थ्यो ।’


‘हँ ! म छु म !! किन ?’ छयुछयुले मसाङ्ग्रिँदै भनी । दगुर्दै गएर घाँटीमा झुण्डाएको साँचोले घरको ढोका खोली । यत्रो बाक्सा किन्ने सन्की अरू कोही नभएर उसकै बाबाआमा थिए । लाठेहरुले हैँ हैँ गर्दै त्यो बाक्सा घरभित्र कोठामा पुर्‍याए ।


‘हँ ! म छु म !! किन ?’ छयुछयुले मसाङ्ग्रिँदै भनी । दगुर्दै गएर घाँटीमा झुण्डाएको साँचोले घरको ढोका खोली । यत्रो बाक्सा किन्ने सन्की अरू कोही नभएर उसकै बाबाआमा थिए । लाठेहरुले हैँ हैँ गर्दै त्यो बाक्सा घरभित्र कोठामा पुर्‍याए । बाक्सा लाँदा ठाउँ ठाउँमा कोरिएर भित्ताको रङ्ग पनि उप्कियो । बाक्सा भुइँमा राखेर त्यही अघि चिच्याउने मोटेले एउटा कागज छयुछयुका हातमा राखिदिँदै भन्यो– ‘यो रसिद हो, भरे बाबाआमा आउनु भएपछि दिनू, नहराउनू ।’

छयुछयु र फिङफिङले धेरै बेरसम्म ओल्टाई पल्टाई गरेर रसिद हेरे । ख्यारख्यार्ती कोरेको अक्षर पढिसक्नुको थिएन । दुवैले त्यो बुझ्नतिर चासो दिएनन् । आआफ्ना कामतिर लागे ।

रात पर्‍यो । छयुछयुर दगुर्दै गएर फिङफिङको ढोका ढकढक्याई र भेटेर भनी “फिङफिङ, थाहा छ बाक्सामा के रहेछ ?”

फिङफिङको हातको टेपरेकर्डर चम्की चम्की विदेशी भाषा बर्बराइरहेको थियो । शून्य दृष्टिले हेर्दै टाउको हल्लाएर उसले भन्यो, “अहँ थाहा छैन !”

“पियानो रहेछ पियानो ! बा आमाले मलाई भनेर ल्याइदिनु भएको !!” छयुछयु भनी । ऊ अत्यन्त गर्वित भइरहेको थिई । “त्यसमा एक लहर सेतो छ अर्को लहर कालो । सेतो चाहिँ कालोभन्दा अलि धेरै छ । कालो चाहिँ सेतोभन्दा अलि कम छ । त्यसमा छोयो कि आवाज निस्किन्छ ! एकदमै मीठो आवाज !!”

“ओहो, बत्तीस हजार पर्‍यो रे ! तिमी पियानो हेर्न मेरो घर जाने होइन ?” यसोभन्दा छ्युछ्युको अनुहार धपक्क बलेको थियो र एक एक शब्दमा प्रसन्नता गुन्जिएको थियो ।

फिङफिङले आत्माभिमानका साथ टाउको हल्लाउँदै भन्यो, “अहँ म जान्न, मलाई त्यसरी जाने फुर्सदै छैन ।”

यसपछि एक छिन दुवै चुप भए । फिङफिङको टेपरेकर्डर यतिखेर पनि हल्ला” मच्चाइरहेको थियो । दुवैले उभिएर त्यो टेप रेकर्डरको हल्ला सुनिरहे ।


“तिम्रो टेप रेकर्डर पनि राम्रो छ ।” यति भनेर छयुछयु अचानक रोई । “मैले पनि विदेशी भाषा सिक्न एउटा टेप रेकर्डर ल्याइदिनोस् भनेकी थिएँ । तर बाआमाले मान्नु भएन” भन्नु खोजेकी थिई । फिङफिङको अन्यमनस्कता देखेपछि उसलाई भन्न मन लागेन ।


“तिम्रो टेप रेकर्डर पनि राम्रो छ ।” यति भनेर छयुछयु अचानक रोई । “मैले पनि विदेशी भाषा सिक्न एउटा टेप रेकर्डर ल्याइदिनोस् भनेकी थिएँ । तर बाआमाले मान्नु भएन” भन्नु खोजेकी थिई । फिङफिङको अन्यमनस्कता देखेपछि उसलाई भन्न मन लागेन । चुपचाप निस्केर आफ्नो घरतिर लागी । यसपछि यिनीहरुले भेटघाट धेरै नै घट्यो ।

फिङफिङ आफ्नै घरभित्र बसेर विदेशी भाषा सिक्थ्यो । छयुछयु पियानो बजाउने अभ्यास गरिरहन्थी । एउटा घरमा विदेशी भाषामा होहल्ला अर्कोमा पियानोको रन्को । नजिकैबाट हिँड्नेहरु भन्थे, “यी दुवैले भविष्यमा कमाल देखाउलान् जस्तो छ ।”

आफ्ना सन्तानको प्रसंशा गरेको सुनेर दुवै घरका आमा बाबा मख्ख पर्थे । दुवै घरका बालबालिका भने भित्रभित्रै पिरोलिएर ओइलाउँदै गएका थिए ।

यता फिङफिङ घरभित्र एकान्तमा बसेर एउटा कानले टेपरेकर्डर सुन्थ्यो, सुनिरहन्थ्यो । एक दिन उसले सपनामा आफ्नो घरमा पनि पाखुरावाला लाठेहरुले हैँ हैँ गर्दै पियानो ल्याइदिएको देख्यो । ऊ खुसीले उफ्रिँदै थियो । निद्रा खुल्यो । ब्युँझेर हेर्दा केही थिएन, कोही थिएन । ऊ निराश भयो ।

उता छयुछयु घरमा लागिपरेर बजाउँथी । बेलाबेला सुइय सुस्केरा पनि छोड्थी । आमाले पियानो सिकाउने गुरुमा राखिदिएकी थिइन् । गुरुमा बुढी थिइन् । अति नै कडा थिइन् । बुढी गुरुमाले छयुछयुलाई पूर्णिमाको जुनवाला धुन बजाउन रोककी  थिइन् । अर्को एउटा विचित्रको धुन बजाउन लगाएकी थिइन् । अरू त के ती बुढी गुरुमाले छयुछयुलाई प्लेटमा उमारेको मुँगीको टुसाजस्तै पाँचवटा किरिङमिरिङ समानान्तर रेखाहरुको सङ्गीत सारणी सिक्न बाध्य परेकी थिइन् । एक दिन आमासित गुरुमाले छयुछयुको हात पियनो बजाउने खालको छैनन् अपरेसन गर्नु पर्छ भनेको पनि छयुछयुले सुनिन् । छयुछयु सारै डराइन् । त्यस दिनबाट जहिले पनि सपनामा डर लाग्दा कुरा देखिन थाल्यो । एक पटक सपनामा एक जना मानिस आएर दुवै हात काटिदियो र रबरको हात जोडिदियो । आत्तिँदै ब्युँझँदा जहिले पनि फिङफिङले हातको टेप रेकर्डरको सम्झना हुन्थ्यो । उसलाई कसैले टेपरेकर्डर र पियानोमध्ये एउटा रोज भन्ने हो भने ऊ पियानो छोडेर टेपरेकर्डर नै रोज्थी ।

आइतबारको दिन थियो । बिहान छयुछयु र फिङफिङ दुवै आआफ्ना छतमा निस्केका थिए । देखादेख भयो । छतनजिक नजिक थियो । कुरा गर्न सकिन्थ्यो ।

“फिङफिङ, कस्तो छ तिमीलाई ?” छयुछयुले सोधी । फिङफिङले टेपरेकर्डर लिएको देखेर छयुछयुलाई डाह लागिरहेको थियो ।

“एकछिन् सोचेर गम्भीर हुँदै फिङफिङले भन्यो ठीक छ” । “ए फिङफिङ सुन त, मेरो त हातको अपरेसनै हुने भयो नि !” छयुछयुले फिङफिङको सहानुभूति पाइएला कि भनेर गम्भीर भावले भनी ।

फिङफिङको अनुहार भावशून्य थियो । उसले भन्यो “किन क्यान्सर भयो र ?”

“हैन, पियानो सिक्न हातको अपरेसन गर्नुपर्छ रे ।” भन्दाभन्दै छयुछयुको आँखामा आँसु भरियो । “म अपाङ्ग भएँ भने तिमी मलाई हेलाको दृष्टिले त नहेरौला नि हैन ?” बोल्दाबोल्दै घाँटी क्याक्क भयो ।

“त्यस्तो लाग्छ भने अपरेसन नै नगराऊ ।” फिङफिङले कुरालाई मामुली किसिमबाट लिँदै भन्यो, “अपाङ्ग भइयो भने त बाँच्नु बेकार हुन्छ ।”

“के गर्ने बाध्य हुनुपर्‍या छ । कति हजार तिरेर ल्याएको पियानो बेकारमा फ्याँकी राख्ने कुरो भएन ।” छयुछयुले लामो निश्वास छोडी ।

फिङफिङ पनि लामै सास फेर्‍यो । तै तै उसका बाआमाले पियानो किनिदिएनन् । एउटा हातमा लिएको टेप रेकर्डर अर्को हातले यसो चलाउँदै सोच्यो, “यही टेप रेकर्डर पनि नकिनिदिएको भए कति जाति हुन्थ्यो ” ।

पर चउरमा केटाकेटीहरु विभिन्न खेल खेलिरहेका थिए । कोही चङ्गा उडाइरहेका थिए । केटीहरु डोरी खेलिरहेका थिए । दुवैले ट्वाल्ल परेर हेरे । उनीहरुले यसरी स्वतन्त्र भएर नखेलेको महिनौँ बितिसक्यो । उनीहरुलाई यसरी खेल्ने फुर्सतै छैन ।


पर चउरमा केटाकेटीहरु विभिन्न खेल खेलिरहेका थिए । कोही चङ्गा उडाइरहेका थिए । केटीहरु डोरी खेलिरहेका थिए । दुवैले ट्वाल्ल परेर हेरे । उनीहरुले यसरी स्वतन्त्र भएर नखेलेको महिनौँ बितिसक्यो । उनीहरुलाई यसरी खेल्ने फुर्सतै छैन ।


अब हामीले ठूलो नभएसम्म यसरी नै दुःख पाउन पर्ने भयो त ? छयुछयुले अचानक दुःख पोखी ।

“यो कुनै अनौठो कुरा होइन” । फिङफिङले पोज देखाउँदै भन्यो, “हाम्रो बाबा भन्नुहुन्छ, जापानमा त बच्चाहरु आमाले दूध चुसाउने बेलादेखि नै स्कुल गएर विदेशी भाषा सिक्छन् रे । सिक्ने कुरामा उनीहरुको होड चल्छ रे ।”

“ठूला मान्छेको होड चल्दो होला । दूध चुस्ने बच्चाले त बरा के बुझ्नु र ? उनीहरुमा स्कुल जाने होड कसरी चल्नु ?” छयुछयुले रिसाउँदै भनी, “दूध चुस्ने उमेरमा नै स्कुल जानु पर्‍यो भने खेल्ने चाहिँ कहिले नि ? जाति भयो आफू जापानमा जन्मिनु परेन ।”

चउरमा खेल्ने कसैले जित्यो । सबैले कोलाहल गरे । हर्षध्वनिको फोहोरा छुट्यो ।


“अब आफू त यसरी खेल्न नपाइने भइयो हकि ? कुन बेला खेल्ने ?” मनमा छुरा चलेजस्तो भयो । उसलाई लाग्यो, “यो हातका टेप रेकर्डरलाई पटाका बनाएर पड्काउन र उफ्रन पाए पनि कस्तो हुँदो हो ।


फिङफिङ चुप लागिरह्यो । “अब आफू त यसरी खेल्न नपाइने भइयो हकि ? कुन बेला खेल्ने ?” मनमा छुरा चलेजस्तो भयो । उसलाई लाग्यो, “यो हातका टेप रेकर्डरलाई पटाका बनाएर पड्काउन र उफ्रन पाए पनि कस्तो हुँदो हो । हुन त यो फुटे बाबाआमाले अर्को ल्याइदिने होलान् । बाबाआमाले उसलाई विदेशी भाषामा खप्पिस बनाउन कम्मर कसेका छन् ।” अहिले त भर्खरै सुरुवात छ !”

उता छयुछयुको गुरुमा आइन् । आमाले तल कोठाबाट बोलाउनु भयो । “छयुछयु” ।

“आई बुढी !” छयुछयुले फिङफिङतिर हेरेर मुख निचोरी । “साह्रै कडा छ बुढी, मेरो त सात्तै जान्छ ।” यति भन्दै ऊ छतबाट ओर्लेर कोठातिर दगुरी ।

छयुछयु गएपछि सुनसान भएको छततिर हेरेर फिङफिङले निश्वास छोड्दै टेपरेकर्डरको एउटा बटन थिच्यो ।

एउटा घरको बालक विदेशी भाषा सिक्न व्यस्त । अर्को घरकी बालिका पियानो सिक्नमा व्यस्त । आउने जानेहरु आपसमा तिनीहरुको प्रशंसा गर्दै भन्छन्, “यी दुवै जना ठूला भएपछि कस्ता होलान् हकि ? कति चमत्कार देखाउनलान् यिनीहरुले ?”

आखिर चमत्कार के होला खै ? यो प्रश्न फिङफिङ र छयुछयुलाई नै सोध्नुपर्ने अवस्था छ । यस सवालमा अहिले ती दुवै हतबुद्धि पनि छन् र त्यत्तिकै कुशाग्र बुद्धि पनि ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.