शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरमा छैन खर्चको लेखाजोखा

शनिबार, २० वैशाख २०७७, २१ : २४
शनिबार, २० वैशाख २०७७

पोखरा । चीनको उहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएला भनेर सायदै कसैले कल्पना गरेको थियो । विश्वले नै नसोचेको । न कल्पेको घटनाको सामना गरि रहेको छ यतिबेला । यो महाव्याधि रोकथाम गर्न ठूला साना सबै देशहरुले साम, दाम, दण्ड, भेद सब चिजको प्रयोग गरि रहेका छन् । सिमित साधन र स्रोतको प्रयोग गर्दै नेपाल पनि कोरोना भाइरसको सामना गर्दै छ, गर्नु पर्ने छ । 

खर्च सकिएर बिखर्चि सकिएका देखि रोगसँग लड्ने बिरामी, स्वास्थकर्मी । सबैका लागि महानगरले सक्दो राहत दिने कोसिसमा छ । भलै, पुग्नु पर्ने मान्छेको घरमा राहत नपुगेको गुनासा छन् । तर, महानगरले निभेको चुल्हो बाल्ने प्रयास आफ्नो तर्फबाट गरेकै हो । गरि रहेको छ । लकडाउनको मारमा परेका नगरबासिलाई राहत वितरण देखि काम दिलाउनेसम्म महानगरको अभ्यास प्रंशसनिय छ । 

यद्यपि, महानगरले कोरोना रोकथामको लागि गर्दै आएको गतिविधिमा के कति रकम खर्च भयो ? यसको लेखाजोखा भने नराखेको पाइएको छ । महानगरले पहिले नै प्रयोगमा आई सकेका संरचनामा क्वारेन्टाइन बनाए पनि स्वास्थ सामग्रीदेखि बिरामीको ओढ्ने, ओछ्याउने, बेडको चाँजोपाँजो मिलाएको थियो । यि सब सामग्रीको व्यवस्था मिलाउदा के कति खर्च भयो ? महानगरका कर्मचारी नै यसबारे अनभिज्ञ छन् । 

महानगरको क्वारेन्टाइन निर्माणमा के कति खर्च भयो ? यसबारे बुझ्न हामीले पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीलाई सम्पर्क ग¥यो । महानगरले क्वारेन्टाइन निर्माणमा के कति खर्च ग¥यो ? यो विषयमा प्रवक्ता नेपालीलाई ब्रिफिङ पत्तै रहेन छ ।
 
प्रवक्ता नेपालीले यस बिषयमा थाहा नभएको बताउदै स्वास्थ महाशाखामा यसबारे ब्रिफिङ लिन भने । हामीले महानगरका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्मा पौडेललाई सम्पर्क ग¥यौं । स्वास्थ महाशाखा प्रमुख पौडेल पनि यो विषयमा अनभिज्ञ रहेछन् । 

‘घरहरु रेडिमेट हुन् हैन,’ उनले भने, ‘कोही कसरी कोही कसरी गरिएको छ । लजिस्टिक सप्लाई हो । हामीले त्यही गरि रहेका छौं, ठ्याक्कै यति खर्च लाग्यो भनेर त हेर्नु पर्ने हुन्छ ।’

पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेललाई थाहा छ कि भनेर उनलाई पनि सम्पर्क ग¥यौं । तर, महानगरका सूचना दिने सूचना अधिकारी नै यो विषयमा अनभिज्ञ रहेछन् । ‘स्वास्थले गरेको छ । त्यतै सोध्नुपर्छ,’ उनले भने । 

स्वास्थ महाशाखाका अर्का कर्मचारीलाई सम्पर्क गर्दा पनि यकिन तथ्यांक उनले बताउन सकेनन् । स्वास्थ शाखाका अर्जुन क्षेत्रीलाई सम्पर्क गर्दा २, ३ लाखको हाराहारिमा खर्च भएको बताए । २ र ३ मा एउटा अंक भने उनले बताउन सकेनन् । क्वारेन्टाइन रेडिमेट संरचनामै बनेको हुँदा के कति खर्च लाग्यो तथ्यांक ठिक पारेर नराखेको महानगरका कर्मचारीहरुले बताएका छन् । 

महानगर प्रमुख मानबहादुर जीसीले पनि के कति खर्च लागेको छ ? निकाल्न लगाउने बताए । उनलाई पनि यो विषयमा थाहा रहेन छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप