शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किशोरीलाई  जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

शुक्रबार, १९ वैशाख २०७७, १६ : ०५
शुक्रबार, १९ वैशाख २०७७

सुनसरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  ईटहरी उपमहानगरपालिका-११ सिमरवना चोक बस्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामूहिकरूपमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप