शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको महामारीबीच दादुराको प्रकोप : २ जनाको मृत्यु, १ सय ८५ जना बिरामी

बिहीबार, १८ वैशाख २०७७, २० : ५५
बिहीबार, १८ वैशाख २०७७

कोरोनाभाइरसको महामारीको बीच नेपालमा दादुराका बिरामीहरु बढ्न थालेका छन् । चैत महिना देखि हालसम्म १ सय ८५ जना दादुराका बिरामी भेटिएका छन् भने दुई जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर झलक गौतमले बताए ।

दादुराका १ सय ८५ जना बिरामी झापा, सर्लाही, धादिङ, काडमाडौँ, ललितपुर, चिवतवन र गोरखाका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा डाक्टर गौतमले बताए ।

सात जिल्लामा भेटिएका बिरामीलाई प्रयोगशालामा परीक्षण गरेर दादुराको भएको पुष्टि गरेको समेत उनले बताए ।  भेटिएका दादुराको बिरामी चार महिनादेखि ४० वर्ष उमेरका छन् । हाल दादुरा देखिएका बिरामीले विगतमा दादुराको खोप नलगाएको पाइएको उनले बताए ।

दादुरा प्रकोप क्षेत्रमा खोप कार्यक्रम

७७ जिल्लामध्ये वर्तमान समयमा धादिङ जिल्ला दादुराको प्रकोप बढी देखिएको डाक्टर गौतमले बताए । धादिङमा ठूलो संख्यमा दादुराको प्रकोप देखिएकाले दादुरा रुवेला खोप सञ्चालन गरिएको छ । धादिङ जिल्लामा दादुरा र रुवेलाको खोप वैशाख १७ गतेदेखि सुरु भएको उनको भनाइ छ । यो खोपअभियान वैशाख २३ गतेसम्म सञ्चालन हुने उनले बताए ।

दादुरा प्रकोप क्षेत्रमा ६ महिनादेखि १५ वर्षकालाई दादुरा रुवेलाको खोप दिइने उनीले बताए । करिब बीस हजार जनालाई दादुरा रुवेलाको खोप दिने काम भइरहको उनले बताए । दादुराको कारण बिरामीको अवस्था गम्भीर भएमा उपचार गर्न सम्भव हुने अस्पतालमा रिफर गर्ने गरेको समेत उनले सुनाए ।

खोप सञ्चालनका लागि सहयोग खाँचो

कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नियमित रुपमा सञ्चालन गरिने खोप कार्यक्रम स्थगित भएको थियो । केही दिनयता लकडाउको समयमा  नै नियमित खोप कार्यक्रम देशका प्रत्येक स्थानमा सञ्चालन भएन भएकोबारे स्थानीय तह तथा प्रदेशिक तहले अनुगमन गर्नुपर्ने डाक्टर गौतमले बताए ।

वर्तमान समयमा नियमित खोप तथा आधारभूत स्वास्थ्य सेवा जनताले पाए नपाएको अनुगमन गरेर जनतालाई सेवादिने जिम्मा स्थानीय तहलाई दिएको समेत उनले बताए । बालबालिकालाई नियमित खोप सेवा दिनकालागि स्थानीय तहहरुले स्वास्थ्य संस्थासँग समन्वय गरेर सहजीकरण गर्नुपर्ने उनी बताउँछन् ।

कोरोनाको महामारीमा राज्यका तीनवटै तहबाट नियमित खोप जनतासमक्ष पु¥याउनका लागि सहजीकरणको आवश्यकता भएको उनले बताए । खोप र खोपजन्य सामाग्रीको तत्काललाई अभाव नभएको उनले बताए । खोपजन्य सामाग्री करिब तीन महिनालाई स्टक रहेको समेत डाक्टर गौतमले बताए ।

खोप दिदाँ यी कुरामा ध्यान दिनुपर्छ

कोरोनाभाइरस संक्रमणको महामारीका बेला नियमितखोप सञ्चालन गर्दा स्वास्थ्य सेवा विभागबाट जारी गरिएको कोभिड–१९ को  निर्देशिकालाई अनुसरण गर्नुपर्ने डाक्टर गौतमले बताए ।

– नियमित खोप दिने स्थानहरु स्वास्थ्य संस्था तथा खोप केन्द्रमा भिडभाड गर्नुहुँदैन ।

–बालबालिकालाई खोप दिँदा निश्चित दुरी कायम गर्नुपर्छ ।

–खोप केन्द्रमा आउने अभिवाक तथा बालबालिकालाई स्क्रिनिङ तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्छ ।

–खोप दिँदा स्वास्थ्यकर्मीले सर्जिकलमास्क, पञ्जाको प्रयोग गर्नुपर्छ ।

–साबुन पानीले हातधुने वा सेनिटाइजरको प्रयोग गर्ने ।

–खोप केन्द्र तथा स्वास्थ्य संस्थामाखोप कार्यक्रम सञ्चालनगर्दा कुने समस्या आएमा ९८५११९५५५३ नम्बरमा सम्र्पक गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप