शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बिहीबार, १८ वैशाख २०७७, १९ : १९
बिहीबार, १८ वैशाख २०७७

आफ्नै श्रीमती ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-७ बंगारे बस्ने ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले श्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

 घटनाको जानकारीपछि ईलाका प्रहरी कार्यालय हेलम्बु र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप