लागुऔषधसहित चार पक्राउ
बिहीबार, १८ वैशाख २०७७, १५ : ५०
बर्दिया । लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।
प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक