कर्णालीमा नदीमा एक युवक बेपत्ता
सिमकोट । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।
कार्यकारी अधिकृत र वडाध्यक्षको विवाद
जुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गाउँकार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको छ । वडा नं ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद सिर्जना भएको हो ।
अध्यक्ष शाहीले भने आफ्नो वडालाई मात्रै नियम खोजेको र अन्य वडाको सम्झौता गरेर रकम भुक्तानी गरेर कर्मचारीतन्त्र हावी गर्न खाजेको हुँदा आफूले सबै वडामा एकनास प्रक्रिया हुनुपर्ने माग गरेको बताए । विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण छ : अर्थमन्त्री पुन
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गरिब र विकासोन्मुख देशमा धेरै चिनी हालेको ल्याक्टो र सेरेल्याक बेच्दै नेस्ले
-
एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्मको अल्टिमेटम
-
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवकको शव भेटियो
-
आज कोशी प्रदेशसभाको विशेष अधिवेशन