शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्याउनुहोस् वा नपत्याउनुहोस्

बिहीबार, १८ वैशाख २०७७, ०८ : ३०
बिहीबार, १८ वैशाख २०७७

– संसारभरिको नूनलाई एकत्रित गर्ने हो भने त्यसले पूरै यूरोप महादेशलाई पाँच किलोमिटर बाक्लो तहमा ढाक्न सक्छ ।

– संसारका १० उच्च शिखरहरु हिमालय क्षेत्रमा पाइन्छ । तीमध्ये पनि ८ वटा त नेपालमै पर्छन् ।

– संसारका जुनसुकै ठाउँमा पनि इन्द्रेणीको रंगको क्रम एउटै हुन्छ ।

– वर्षभरिमा संसारमा करीब ५७,५२५,२४८ टन गोलभेंडा खपत हुन्छ ।

– वेलायतमा वार्षिक १० विलियन अण्डाहरु खाइन्छ ।

– संसारका आधाभन्दा बढी जनसंख्याले भात खान्छन् ।

– संसारका प्रमुख एवं ठूला तीन वटा मरुभूमिहरु सहारा, अरेबियन र गोबी हुन् ।

– वर्षभरिमा हाम्रो शरीरका करीब ४ किलो छाला कपडासँगको घर्षण तथा अन्य कारणले गर्दा खुइलिएर एवं नष्ट भएर जान्छ ।

– हाम्रो शरीरको कोषहरु यति सूक्ष्म हुन्छन्, करीब २०० वटा कोषहरुलाई एउटा बिन्दूमा अटाउन सकिन्छ ।

– एउटा मान्छे आफ्नो औसत आयुको तीन खण्ड सुतेरै बिताउँछ ।

– झट्ट हेर्दा जेब्राको छालाको बुट्टा एउटै जस्तो देखिन्छ । तर वास्तवमा एउटा जेब्राका छालाको बुट्टा अर्को जेब्राको भन्दा भिन्नै हुन्छ । बुट्टामा हुने यही भिन्नताकै आधारमा उनीहरुले एक अर्कालाई चिन्छन् ।

– तपाईं हामीले देखिरहेको जीवहरुमध्ये एउटा जीव हो– माकुरो । यस संसारमा माकुरोको करीब ४० हजार प्रजातिहरु छन् ।

– पपुआ न्यू गिनीमा करीब १ हजार भाषा भाषिकाहरु छन्, जबकि त्यहाँको जनसंख्या ४ मिलियन मात्र छ ।

– एउटा वयस्क हात्तीले एक दिनमा २२५ लिटर पानी पिउँछ ।

– अमेजन नदीबाट प्रति सेकेण्ड करीब १,८०,००० क्यूबिक मिटर पानी प्रशान्त महासागरमा मिसिइरहेको हुन्छ ।

– एउटा सानो मध्य अमेरिकी गणराज्य पनामामा सम्पूर्ण उत्तर अमेरिकामा भन्दा बढी चराचुरुङ्गीहरु पाइन्छन् ।

– संसारको सबैभन्दा ठूलो महल (castle) चेक गणराज्यको प्रागमा छ । यो ८ हेक्टर क्षेत्रमा फैलिएको छ ।

– संसारको सबैभन्दा ठूलो रेल्वे स्टेशन न्यूयोर्क, अमेरिकाको ग्राण्ड सेन्ट्रल टर्मिनल हो । यस स्टेशनमा ४४ वटा प्लेटफर्महरु छन् ।

– पृथ्वीमा सबैभन्दा कम तापक्रम अन्टार्कटिका महादेशको भोस्तोकमा सन् १९८३ मा रेकर्ड गरिएको थियो । त्यसबेला रेकर्ड गरिएको तापक्रम –८९.२ डिग्री सेल्सियस थियो ।

– संसारको एक तिहाई जनसंख्या १५ वर्षभन्दा कम उमेरका छन् ।

– संसारमा सबैभन्दा बढी विवाह गर्ने मान्छेको रुपमा न्यूयोर्कका जियोभान्नी भियोग्लिोयोट्टोको नाम दर्ता भएको छ । उन्ले १९४९ देखि १९८१ सम्मका करीब १०४ पटक विवाह गरेका थिए ।

– पृथ्वी गोलो छ भन्ने तथ्य स्थापित हुनुभन्दा पहिले समुद्र यात्रामा जाने नाविक तथा जहाजीहरु पृथ्वीको छेउमा पुगियो भने अनन्त गहिराईमा खसेर हराइन्छ भन्ने विश्वास गर्थे ।

– सोह्रौ शताब्दीमा थर्मामिटरमा पारोको सट्टा अल्कोहल राखिएको हुन्थ्यो ।

– अठारौं शताब्दीमा कपाल धुनको लागि रमको प्रयोग गर्ने गरिन्थ्यो । त्यसबेला  कपाल सफा एवं स्वस्थ राख्न रमको प्रयोग उत्तम विधि मानिन्थ्यो । त्यसैगरी ब्राण्डीले कपालको जरा मजबूत बनाउछ भन्ने विश्वास त्यसबेला व्याप्त थियो ।

– एक समयमा पर्सियाका सम्राट फ्रेडरिकले कफीको सेवनमा प्रतिबन्ध लगाएका थिए । त्यसको सट्टामा उनले अल्कोहल प्रयोग गर्न आदेश जारी गरेका थिए ।

– पार्टी, भोजभतेरहरुमा अक्सर टोस्ट (Toast) शब्दको प्रयोग गर्ने गरिन्छ । वास्तवमा टोस्ट शब्दको अर्थ हुन्छ, सुस्वास्थ्यको लागि कामना । यो शब्दको प्रचलन प्राचीन रोमबाट भएको थियो । त्यस समयमा टोस्ट प्रस्ताव गरिने रोटीको टुक्रालाई रक्सीमा भिजाइएको हुन्थ्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप