शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘चीन अमेरिकाको दुश्मन होइन’

बिहीबार, १८ वैशाख २०७७, ०७ : ०७
बिहीबार, १८ वैशाख २०७७

‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति शी जिनपिङ लगातार एक–अर्कासँगको सम्पर्कमा छन् र कोरोनाभाइरससँग जोडिएका जानकारी साझा गरिरहेका छन् ।’

ब्रिटेनका लागि चिनियाँ राजदूत लियो शियाउमिंगले बीबीसीलाई यस्तो जानकारी दिएका छन् ।

लगभग एक हप्ताअघि राष्ट्रपति ट्रम्पले पत्रकारलाई आफू चीनसँग खुसी नभएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई लाग्छ कि चीनले संक्रमणलाई सुरुमै रोक्न सक्थ्यो ।’

लियो शियाउमिंगले बीबीसीलाई भने, ‘म अमेरिकी जनतालाई मात्र यो भन्न चाहन्छु कि चीन अमेरिकाको दुश्मन होइन । भाइरस अमेरिकाको दुश्मन हो र हामीले यसविरुद्ध मिलेर लड्नुपर्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप