बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्याँकका आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।
त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ जना र २३ जना केयर वर्करसहित १ सय ८ जनाको निधन भएको बताइएको छ । कोरोना संक्रमणका कारण अस्पताल बहिर केयर होम लगायतमा भएका निधनलाई समावेस नगरिएको भन्दै गरिएको विरोधका कारण आज केयर पहिलोपल्ट होममा भएको निधनको पनि तथ्याँक सार्वजनिक गरिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।
पछिल्लो तथ्याँकअनुसार बढी मृत्यु हुने मुलुकहरुमध्ये बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ । कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्याँक छ । कोरोनाबाट विश्वभर हालसम्म झन्डै २ लाख २० हाजार मानिसहरुको मृत्यु भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै