शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ

बुधबार, १७ वैशाख २०७७, १७ : १७
बुधबार, १७ वैशाख २०७७

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाइ पुत्रलाभ भएकोछ । ५५वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डलाई  बेलायतको एक अस्पतालमा आज बिहान पुत्रलाभ भएको हो । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएपश्चात केहि समय आराम गरेर दुईदिन अघिमात्र काममा फर्किएका थिए ।

त्यस्तै, उनकी प्रेमिका साइमन्डलाई पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन्  । आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गरेका छन् ।   गत मार्च महिनामा उनीहरुले आउँदो समरको शुरुमा बच्चा हुने घोषणा गरेका थिए ।  

बेलायतको प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिंग स्ट्रीट’ मा अविवाहित जोडीको रुपमा भित्रिने प्रधानमन्त्रीमा बोरिस जोन्सन पहिलो भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सन सन् २०१८ मा आफ्नो २५ वर्षीय बैवाहिक सम्बन्धबाट अलग भएपछि क्यारी साइमन्डसँग प्रेम सम्बन्ध शुरु भएको थियो ।  अघिल्लो श्रीमती मारिना मिलरका साथमा उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप