शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड नायक इरफानको निधनमा नेपालमा शोकको लहर

बुधबार, १७ वैशाख २०७७, १४ : ११
बुधबार, १७ वैशाख २०७७

बलिउड नायक इरफान खान भारतमा मात्रै नभई नेपालमा पनि निकै चर्चित छन् । उनी थुप्रै नेपालीका प्रिय अभिनेता थिए भने कतिले उनलाई एक आदर्शको रुपमा समेत हेर्ने गर्दथे ।

उनको निधनको खबर सार्वजनिक भएपछि नेपालमा पनि थुप्रै हस्तीले यसमा शोक व्यक्त गर्दै आत्माको शान्तिको कामना गरेका छन् ।

इरफानको तस्बिर सोसल मिडियामा पोस्ट गर्दै धेरैले आफ्नो शोक व्यक्त गरेका छन् ।

नेपाली सिने जगतका दिग्गज अभिनेता सुनिल थापाले आफ्नो फेसबुक अकाउन्टमा इरफानको निधनको खबरले दुःखी भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो मनपर्ने नायक इरफान खानको निधन भएको भन्ने खबर सुन्दा निकै दुःखी छु । हजुरको आत्माले शान्ति पाओस् । परिवारले धैर्यधारण गर्ने शक्ति प्राप्त गरुन् ।’

Sad to hear the sad demise of my favourite actor Irfan khan.. rest in peace hajur....my condolences to your family..

Posted by Sunil Thapa on Tuesday, 28 April 2020

नेपाली सिने जगतकी चर्चित अभिनेत्री गौरी मल्लले पनि उनको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘ ‘सलाम बम्बै’ बाट आफ्नो फिल्मी यात्रा शुरु गर्ने महान् अनि शानदार अभिनेता इरफान खान रहेनन् । ओस्कर विजेता सिनेमा ‘लाईफ अफ पाइ’ , ‘पान सिंह तोमर’ , ‘पिकु’ , ‘क्रेजी फोर’ , ‘स्पाइडर् म्यान’ आदि सिनेमामा उहाँको अभिनय बेजोड थियो । लामो समय देखी न्युरोइन्डोक्राइन ट्युमरबाट पीडित अभिनेताले केही समय अघी यस संसारबाट विदा लिए । आफ्नी श्रीमतीको लागि भए पनि बाँच्न चाहन्थे तर उनको इच्द्धा अधुरो रहन गयो । व्यक्तिगत रुपमा म अभिनेता इरफान खानको ठूलो प्रशंशक हुँ । उहाँको आत्मा यतिबेला जहाँ भए पनि शान्त अवस्थामा होस् , इश्वर सँग यही प्रार्थना छ ।’

" सलाम बम्बै "बाट आफ्नो फिल्मी यात्रा शुरु गर्ने महान अनि शानदार अभिनेता इरफान खान रहेनन् । ओस्कर विजेता सिनेमा लाईफ...

Posted by Gauri Malla on Wednesday, 29 April 2020

साथै, अभिनेता, लेखक तथा नाट्यकर्मी अनुप बरालले पनि इरफानको निधनमा आफू दुःखी भएको बताएका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा उनले लेखेका छन्, ‘ एउटा थेसपियन एक्टरको महाप्रस्थान । तिम्रा मन छुने ुस्पोनटेनियशु अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक सिनियर मात्र होईनौ ९ नेशनल स्कुल अफ ड्रामामा ० मैले विश्वास गर्ने अभिनय पद्धतिको ुपायोनियरु पनि हौ । अलविदा माई डियर एक्टर ।’

एउटा थेसपियन एक्टरको महाप्रस्थान । तिम्रा मन छुने 'स्पोनटेनियश' अभिनयको जादु हाम्रो मनमा सदैव रहनेछ । तिमी मेरा लागि एक...

Posted by Anup Baral on Wednesday, 29 April 2020

साथै नायिका तथा नाट्यकर्मी दिया मास्केले आफ्नो प्रोफाइल पिक्चरमा इरफानको फोटो राख्दै लेखेकी छिन्, ‘हामी तिमीलाई माया गर्छौं इरफान खान । तिमी सधैं यादमा रहिरहनेछौ । भारतीय सिने जगतका लागि अपूरणीय क्षती ।’

We love you Irfan Khan You'll be missed !😪😪😪 Big loss of Indian cinema industry ...

Posted by Deeya Maskey on Tuesday, 28 April 2020

यस्तै निर्देशक दिपा श्री निरौलाले इरफानेको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘राम्रो कलाकार, राम्रो मान्छे, भगवानलाई पनि राम्रो नै चाहिने रैछ ।’

राम्रो कलाकार राम्रो मान्छे भगवान लाई पनि राम्रो नै चाहिने रैछ

Posted by Deepa Shree Niraula on Wednesday, 29 April 2020

यस्तै युवा साहित्यकार सुविन भट्टराइले पनि इरफान खानलाई श्रद्धाञ्जली दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ एउटा कुशल अभिनेता कहिल्यै मर्दैन । ऊसले आफ्नो अस्तित्व अभिनयमा छाडेर जान्छ ।

एउटा कुशल अभिनेता कहिल्यै मर्दैन । ऊसले आफ्नो अस्तित्व अभिनयमा छाडेर जान्छ । चुनिन्दा फिल्ममा आफ्नो दमदार अभिनय मार्फत,...

Posted by Subin Bhattarai on Wednesday, 29 April 2020

चुनिन्दा फिल्ममा आफ्नो दमदार अभिनय मार्फत, करोडौँ दर्शकलाई मन्त्रमुग्ध पार्ने, उत्प्रेरणा दिने यो सदीका महान अभिनेता इरफान खानलाई हार्दिक श्रद्धाञ्जली १’

यस्तै, गायक सञ्जय श्रेष्ठले लेखेका छन्, ‘ एक महान कलाकारको असामायिक अनि दुखद अवसान ।।।

एक महान कलाकारको असामायिक अनि दुखद अवसान ... हार्दिक श्रद्धाञ्जली इरफान खान ..

Posted by Sanjaya Shrestha on Wednesday, 29 April 2020

हार्दिक श्रद्धाञ्जली इरफान खान ।।’

साथै, ब्यान्ड १९७४ एडीका पर्कसनिष्ट सञ्जय श्रेष्ठले लेखेका छन्, ‘तिम्रो आत्माले शान्ति पाओस् । मलाई मनपर्ने कलाकारमध्येका एक इरफान खान ।’

May your soul Rest In Peace. One of my favourite actors. #irfankhan

Posted by Sanjay Shrestha on Wednesday, 29 April 2020

इरफानको बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे । उनले चार दिन अघि मात्रै आमा गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप