शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, मृतकको संख्या ५९ हजार पार

बुधबार, १७ वैशाख २०७७, ०७ : ०३
बुधबार, १७ वैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।

साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप