शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले कोर्राको सजाय पछि बच्चाको फाँसीमा पनि लगायो रोक

सोमबार, १५ वैशाख २०७७, ०८ : २९
सोमबार, १५ वैशाख २०७७

साउदी अरबमा अब  बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्डको सजाय दिइने छैन । देशको मानवाधिकार आयोगले साउदी राजा सलमानलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

दुई दिनअघि कोर्रा हान्ने सजायमाथि पनि साउदी अरबले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


बाल अधिकारका लागि संयुक्त राष्ट्रको सम्मेलनमा साउदी अरबले हस्ताक्षर गरेको छ । उक्त सम्मेलनका अनुसार बालबालिका तथा किशोर–किशोरीलाई उनीहरुको अपराधका लागि मृत्युदण्ड दिइनुहुन्नँ ।

मानवाधिकार कार्यकर्ताका अनुसार मानवाधिकार हननको मामलामा साउदी अरब संसारको सबैभन्दा खराब मुलुकमध्येको एक हो ।

यहाँ अभिव्यक्ति स्वतन्त्रतालाई नराम्रोसँग दबाइन्छ र सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गरिन्छ ।

मानवाधिकार समूह एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०१९ मा साउदी अरबमा १ सय ८४ जनालाई मृत्युदण्डको सजाय दिइयो । समूहका अनुसार तीमध्ये एक व्यक्ति यस्ता पनि थिए जो फाँसी दिने बेलासम्म वयस्क थिएनन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप