शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षीया युवतीको हत्या गरेको आरोपमा २ किशोर पक्राउ

आइतबार, १४ वैशाख २०७७, २२ : १३
आइतबार, १४ वैशाख २०७७

रुकुम  । रुकुम (पूर्व) मा एक युवतीको हत्या आरोपमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ खराङकी २२ वर्षीया दिलकुमारी सेनको हत्याको आरोपमा शनिबार सोही ठाउँका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अभियुक्तले दाउराका लागि रुख ढाल्ने क्रममा वनबाट दाउरा लिएर घर फर्कँदै गरेकी सेनलाई च्यापेको थियो । शनिबार साँझ जिल्ला अस्पताल रुकुमकोटमा उपचारका क्रममा सेनको मृत्यु भएपछि अनुसन्धानका लागि दुई किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । 

घटनाको अनुसन्धानका लागि उनीहरुलाई  आज जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । १८ वर्षमुनिका  भएकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । उनीहरुको मुद्दा बाल इजालसमा सुनुवाइ हुने प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप