केन्द्रीय संस्करण

लकडाउनबारे बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0

लकडाउनका बारेमा ठोस निर्णय गर्न मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउनबारे विश्लेषण गरेको थियो । त्यसमा लकडाउनलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेलगायतका विभिन्न प्रस्तावमा छलफल भएको थियो । 

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ । पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् । 

यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ । भारतको अवस्था समेत ख्याल गर्नुपर्ने भएकाले आगामी एक साता यही स्वरुपमा लकडाउनलाई निरन्तरता दिएर आगामी साताबाट स्वरुप परिवर्तन हुनसक्ने एक मन्त्रीको भनाइ छ । 

उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको समितिको ठहर छ । लकडाउनको समय भोलि मध्यरातदेखि सकिने भएकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.