बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बिमा

आइतबार, १४ वैशाख २०७७, १८ : १५
आइतबार, १४ वैशाख २०७७

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  कोभिड–१९  माहामारीविरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाखको बिमालेख प्रदान गरेको छ । 

अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण  कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बिमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी निर्र्जीवन बिमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बिमा पोलिसी खरिद गरेको हो । 

बिमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बिमालेख जारी भएपछि  सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । 

यस बिमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी विकाससा अग्रणी भूमिकामा रहँदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई  बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोन पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप