बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एटामा एकै परिवारका पाँच सदस्यको मृत्युको रहस्य सुल्झियो

आइतबार, १४ वैशाख २०७७, १३ : ३५
आइतबार, १४ वैशाख २०७७

भारतको एटा जनपदमा शुक्रकार राती एकै परिवारका पाँच सदस्यको संदिग्ध परिस्थितीमा भएको मृत्युको रहस्य पोस्टमार्टम रिपोर्ट आएपछि सुल्झिएको छ । खानामा विष मिसाएर र एक वर्षका छोरा आरबको मुख थुनेर हत्या भएको रिपोर्ट सार्वजनिक भएको छ ।

एटाका एसएसपी सुनिल कुमार सिंहले बीबीसीसँगो कुराकानीमा पोस्टमार्टमले घटना स्पष्ट पारिदिएको बताएका छन् । उनका अनुसार बुहारी दिव्याले पछि विषालु पदार्थ खाइन् र हातको नशा काटेर आफैं पनि आत्महत्या गरेको बताएका छन् ।

प्रहरी अधिकारी सुनिल कुमार सिंहले तीन डाक्टरको प्यानलमार्फत् भिडियोग्राफीमा पोस्टमार्टम गरिएको  जानकारी दिए । पोस्टमार्टम गर्ने डाक्टरका अनुसार दिव्याले चार सदस्यलाई पहिले नै खानामा विष हालेर दिएको र पछि उनले आत्महत्या गरेको बताए ।

एसएसपीका अनुसार बुहारी दिव्याबोहक चारजनाले खाना खाएका थिए । खानामा विष मिसाइएको थियो जुन पछि मेडिकल परीक्षणमा प्रमाणि भयो । बुहारी दिव्याले खाना खाएकी छैनन् । उनको पेटमा हार्पिक र विषालु पदार्थ भेटिएको छ । उनले हातको नसा पनि काटेकी छिन् ।

पुलिसको ६ समूहले मृत्युको कारण जान्ने कोसिस गरिरहेको छ ।

एटा जिल्लाका श्रृङ्गार नगरका स्वास्थ्य विभागका अवकाशप्राप्त कर्मचारी राजेश्वर पचौरीका परिवारका पाँच सदस्य शनिबार बिहान मृत भेटिएका हुन् ।

मृतकमा राजेश्वर पचौरीबाहेक उनका छोराकी श्रीमती दिव्या, दुई साना बच्चा र दिव्याकी एक बहिनी समावेश छन् । राजेश्वर पचौरीका छोरा दिवाकर रुडकीमा जागिर गर्दथे र उनी घटना हुँदा रुडकीमै थिए ।

छोरा दिवाकरले घरमा कुनै पनि प्रकारको कलह नभएको बताएका छन् ।

एसएसपीका अनुसार घरभित्र अन्य कुनै व्यक्ति प्रवेश गरेको कुनै पनि निशान नभेटिएको र मूल ढोकाबाहेक अन्य वैकल्पिक मार्गबाट घरभित्र प्रवेश गर्ने कुनै बाटो छैन ।

उनका अनुसरा घरमा सल्फासका चक्की र हार्पिक भेटिएका छन् जसलाई हत्या गर्नका लागि विषको रुपमा प्रयोग गरिएको छ । यद्यपि, सबै मृतकको शरीर र गलामा घाउका निशाना पाइएका छन् तर पुलिसका अनुसार चोटका कारण कसैको पनि मृत्यु भएको भने होइन ।

सुनिल कुमारले भने, ‘सबैको शरीरमा महिलाको हात र नङको निशान थियो तर ती त्यति गम्भीर थिएनन् जसमार्फत् कसैको मृत्यु हुन सकोस् । वास्तवमा उनी सबैजना मरे कि मरेनन् भने विश्वस्त हुन चाहेको देखिन्छिन् ।’

दिव्याले घरका सबै सदस्यलाई विष दिएर हत्या गरेको भन्ने खबरलाई छरछिमेकले पनि विश्वास गर्न सकेका छैनन् ।

स्रोतः बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप