केन्द्रीय संस्करण
अन्तरवार्ता

'अध्ययनको प्रारम्भिक रिपोर्ट एक साताभित्रै आउँछ, त्यसपछि अर्को राहत घोषणा गर्छौं'

महाप्रसाद अधिकारी, गभर्नर, नेपाल राष्ट्र बैङ्क

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0
शंकर अर्याल

रातोपाटी

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कका गभर्नर हुन् । गत चैत २४ गते नेपाल सरकारबाट राष्ट्र बैङ्कको १७औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारी राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरेर बाहिरिएको ४ वर्षपछि पुनः राष्ट्र बैङ्कमा फर्किएका हुन् ।

अधिकारी डेपुटी गभर्नर भएर बिदा हुने अन्तिम वर्ष अर्र्थात् २०७२ सालमा भूकम्पका कारण राष्ट्र बैङ्कले आफ्नो वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको थियो । अहिले गभर्नर भएर आएपछिको वार्षिकोत्सवमा पनि समस्या भएको छ । कोरोनाभाइरसका कारण यो वार्षिकोत्सव पनि भौतिक उपस्थिति बिना नै मनाउने तयारी राष्ट्र बैङ्कले गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले आफ्नो ६५ औँ वार्षिकोत्सव मनाउँदैछ । २०१२ सालमा स्थापित यो बैङ्कले ६५ वर्षको यो उमेरमा विभिन्न उतारचढावहरु झेलिसकेको छ । राजनीतिक रुपमा संमणकालीन समयमा स्थापना भएको बैङ्कले योबीचमा विभिन्न शासन व्यवस्था, आर्थिक अवस्था तथा प्राकृतिक तथा मानवीय प्रकोपहरुको समेत सामना गर्नुपर्यो । यसबीचमा पनि राष्ट्र बैङ्कले वित्तीय क्षेत्रको विकासका लागि अघि बढ्दै आएको अवस्था छ । यही क्रममा कोरोनाको महामारीमा हामी छौं । यो अवस्थाबाट अर्थतन्त्रलाई जोगाउन राष्ट्र बैङ्कको भूमिका झनै महत्त्वपूर्ण हुन्छ ।

राष्ट्र बैङ्कको ६५ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैङ्कको समग्र आयाम, कोरोनाको अर्थतन्त्रलाई बचाउन राष्ट्र बैङ्कले खेल्नुपर्ने भूमिका, वित्तीय स्रोतको लागतको न्यूनीकरण, भुक्तानी प्रणालीको विकास लगायत समग्र विषयवस्तुमा केन्द्रित रही गभर्नर अधिकारीसँग रातोपाटीका लागि शंकर अर्यालले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

– नेपाल राष्ट्र बैङ्कले स्थापनाको ६५ औँ वार्षिकोत्सव मनाउँदै छ । यो अवधिमा राष्ट्र बैङ्कले वित्तीय तथा मौद्रिक क्षेत्रमार्फत् समग्र अर्थतन्त्रलाई दिएको योगदानको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

विगत ६५ वर्षमा देशमा धेरै उतारचढाव आएका छन् । त्यसमा पनि राजनीतिक व्यवस्था एकपछि अर्को समय परिवर्तन हुँदै गएका छन् । यस्तो अवस्थामा केन्द्रीय बैङ्कको भूमिका कसरी परिवर्तन हुँदै जान्छ भन्ने सम्बन्धमा चासो हुन्छ । त्यो सम्बन्धमा तपाईंले उठाउनुभएको विषय महत्त्वपूर्ण छ ।

तर, संसारमै हेर्ने हो भने पनि केन्द्रीय बैङ्कको भूमिकाका खासै परिवर्तन भएको पाउँदैनौं । समय र व्यवस्था जति परिवर्तन हुादै गए पनि केन्द्रीय बैङ्कको मुख्य उद्देश्य चाहिँ त्यही नै रहन्छ । वित्तीय क्षेत्रलाई स्थिरता दिने, बाह्य र आन्तरिक मौद्रिक स्थिरता कायम गर्ने, भुक्तानी प्रणालीलाई व्यवस्थित गर्ने लगायतका उद्देश्यको वरपर नै केन्द्रीय बैङ्क केन्द्रित भइरहेको हुन्छ ।

२०१२ सालमा नेपाल राष्ट्र बैङ्क स्थापना हुँदाको अवस्थामा हामी द्वैध मुद्रा प्रणालीको अवस्थाबाट गुज्रेका थियौं । यसलाई हटाउनु सबैभन्दा मुख्य चुनौती थियो । कुनै बेला विदेशी मुद्रा सिञ्चितिको अवस्था ज्यादै नाजुक थियो । यसले गर्दा बजारमा वैदेशिक मुद्राको चरम अभाव हुँदे गएको अवस्था पनि राष्ट्र बैङ्कले भोगेको हामीले देख्छौं ।

२०५० देखि २०६५ सालसम्म हाम्रो वित्तीय प्रणालीमा सुशासनको चरम समस्या देखियो । त्योबेला सरकारी बैङ्कहरुको निष्क्रिय कर्जा अनुपात ६० प्रतिशतसम्म पुग्यो । यसको असर स्वरुप हामीले रियलस्टेट क्षेत्रको समस्या पनि भोग्यौं । सहकारीमा समस्या पनि देखियो । तरलताको समस्या पनि हामीले भोग्यौं । यी सबै चुनौतीहरुलाई राष्ट्र बैङ्कले कुनै न कुनै रुपमा आफ्नो ठाउँबाट व्यवस्थित गर्दै आएको छ । तत्तत् समयको व्यवस्थापन राष्ट्र बैङ्कले फरक फरक ढंगले गर्दै आएको छ ।

वित्तीय संस्थाको उपस्थिति, र पहुँच विस्तारै बढ्दै गएको छ । अरु क्षेत्रमा पनि त्यही अनुसार आधुनिकीकरण हुँदै गएको छ । समग्रमा हेर्दा नेपाल राष्ट्र बैङ्कले केन्द्रीय बैङ्कको रुपमा निर्वाह गर्नुपर्ने भूमिका नियामकीय, सुपरिवेक्षकीय, मौद्रिक अधिकारी र आर्थिक सल्लाहकारको हिसाबले जुन भूमिका निर्वाह गर्नुपथ्र्यो, यसले आफ्नो सशक्त उपस्थिति देखाएको छ, जुन जरुरी पनि छ । यसैले यो समयसम्म राष्ट्र बैङ्कको भूमिकाप्रति सन्तोष मान्ने ठाउँ छ ।


यो कोरोनाको संक्रमण कहिले अन्त्य हुन्छ र लकडाउनको अवस्थाबाट हामी कहिले मुक्त हुन्छौँ भन्ने अहिलेसम्म थाहा छैन । नेपाल अहिले उच्च जोखिमको मुलुकमा परेको भन्ने कुराहरु पनि आइरहेको छ । यो कुरा थाहा भइसकेपछि हामी कुन संस्थाहरुलाई कसरी पुन:उत्थान गर्न सक्छौं ? वा, कुन संस्था आफैं बौरिन सक्छन् ? भन्ने हिसाबले अघि बढ्न सक्छौं । अहिलेको अवस्थासम्म हाम्रा संस्थाहरुको क्षमता त्यति धेरै गुमिनसकेको पनि हुन सक्छ । तर, यो लम्बिँदै गयो भने यसको अझै ठूलो असर गर्ने होे । तर, जेजस्तो परे पनि हामी मिलेर काम गर्यौं भने यस्तो समस्यालाई निराकरण गर्न सक्छौं ।


– अबको अवस्थामा देशले लिएको आर्थिक व्यवस्थाको मोडेल र विकासको लक्ष्यसँगै राष्ट्र बैङ्कको भूमिका कसरी विस्तारित हुँदै जान्छ ?

हाम्रा पूर्वाधारहरु बनिसकेको र संरचनागत हिसाबले हामी एक ठाउँमा आइसकेको अवस्थामा हामीले गर्नुपर्ने काम भनेको साधनहरुको परिचालन र स्रोतहरुलाई सर्वसाधारणको पहुँचमा पुर्याउने, भुक्तानी प्रणालीलाई अझै सशक्त र सरल र सुरक्षित बनाउने र वित्तीय साधनहरुलाई अत्यधिक मात्रामा उत्पादनशील क्षेत्रमा उपयोग गरेर आन्तरिक उत्पादनलाई बढावा दिने नै अबको प्राथमिकता हुनुपर्छ ।

यसका लागि कुनै व्यक्ति वा कुनै संस्थाभन्दा पनि सबैको लगाव हुनु जरुरी छ । हामी उत्पादन क्षेत्रमा लाग्ने भन्छौं, तर यो क्षेत्रमा लाग्ने मान्छे नै भइदिएन भने त्यसको अर्थ छैन । त्यसैले यसमा हाम्रो सामूहिक प्रयास आवश्यक छ, जसले गर्दा हाम्रो संविधानले चाहेको लक्ष्य पूरा गर्नेतिर अघि बढ्न सकौँ ।

– कोरोना भाइरसको संक्रमण देखिएसँगै राष्ट्र बैङ्कले एक महिना अघि अल्पकालिन राहत ल्यायो । तर, उद्योगी, व्यवसायीहरुले त्यतिले पुग्दैन भनिरहेका छन् । तपाईंहरु पनि थप राहत प्याकेजको लागि अध्ययन गर्दैछौँ भनिरहनुभएको छ । हामीले पहिले ल्याएको राहतको प्रभावकारिता कस्तो देखियो र अब कस्तो राहत आउँछ ?

पहिलो त, हामीले अध्ययन सुरु गरेका छौँ, त्यसको रिपोर्ट आइसकेको अवस्था छैन । अभ्यास भइरहेको छ । यो एक प्रकारको स्थायी संयन्त्र भएकोले यसले निरन्तर काम गरिरहन्छ र समय समयमा अर्थतन्त्रमा देखिएका असरको रिपोर्ट यसले ल्याउँदै गर्छ । त्यसलाई आधार मानेर बजारमा हस्तक्षेप गर्छौं ।

योभन्दा अघि ल्याएको राहतको सम्बन्धमा अहिलेको असहज परिस्थितिमा हामीमा जुन तनावको सिर्जना भइरहेको छ, त्यसमा थप आर्थिक तनाव सिर्जना नहोस् भन्ने हिसाबले हामीले राहत प्याकेज ल्याएका हौं । त्यसमा ऋणको सावाँब्याज तिर्ने समय केही पर पुर्याउने, समयमै तिर्न सक्नेलाई केही छुट दिने लगायतका विषयहरु आएका छन् । यस्ता खालका राहतहरु हामीले अप्ठ्यारो अवस्था रहुञ्जेलका लागि दिनुपर्छ । अबको राहत कसले पाउनुपर्ने हो, कसलाई यसको जरुरी छैन भन्ने सम्बन्धमा अध्ययन गरेर त्यसलाई प्राथमिकीकरण गरेर थप कार्यक्रम ल्याउँछौं ।

यो कोरोनाको संक्रमण कहिले अन्त्य हुन्छ र लकडाउनको अवस्थाबाट हामी कहिले मुक्त हुन्छौँ भन्ने अहिलेसम्म थाहा छैन । नेपाल अहिले उच्च जोखिमको मुलुकमा परेको भन्ने कुराहरु पनि आइरहेको छ । यो कुरा थाहा भइसकेपछि हामी कुन संस्थाहरुलाई कसरी पुन:उत्थान गर्न सक्छौं ? वा, कुन संस्था आफैं बौरिन सक्छन् ? भन्ने हिसाबले अघि बढ्न सक्छौं । अहिलेको अवस्थासम्म हाम्रा संस्थाहरुको क्षमता त्यति धेरै गुमिनसकेको पनि हुन सक्छ । तर, यो लम्बिँदै गयो भने यसको अझै ठूलो असर गर्ने होे । तर, जेजस्तो परे पनि हामी मिलेर काम गर्यौं भने यस्तो समस्यालाई निराकरण गर्न सक्छौं ।

हामीले गर्नेे नीति निर्माण भनेको कसलाई अप्ठ्यारो पर्यो भन्ने आधारमा हुने हो । कसैलाई पनि आफूले सञ्चालन गर्दै आएको व्यवसायबाट भोलिका दिनमा बाहिर निस्कन नपरोस् भन्ने हो । अहिले नदिएर पछि राहत दिँदा हुनेहरुलाई त्यहीअनुसार गर्ने हो । त्योबेला उहाँहरुलाई ‘होस्टे मा हैसे’ गरिदिने हो । त्योखालको स्पिरिटसहित हामी जान्छौँ ।

– कोरोनाका कारण अर्थतन्त्रलाई हुने क्षति अहिले नै पूर्वानुमान गर्न सक्ने अवस्था छैन । तर, दोस्रो चरणको राहत ल्याउन ढिला भइसक्यो भन्ने पनि आवाज उठिरहेका छन् । यो अवस्थामा अबको राहत प्याकेज कहिले र कस्तो आउँछ ?

हो, हामीले अहिले नै सबै क्षतिको पूर्वानुमान गरेर अन्तिम निष्कर्ष निकाल्न सक्ने अवस्था छैन । अब आउने राहत प्याकेज पनि अन्तरिम खालकै हुन्छ । यसलाई पूरक प्याकेज भन्दा पनि हुन्छ । यो हामी यही महिनाभित्रै ल्याउँछौं । यसले यो महिनामा परेको आर्थिक असरहरुलाई सम्बोधन गर्नेछ ।

अल्टिमेट प्याकेज यो संक्रमणको जोखिम अन्त्य भइसकेपछि कसलाई कति असर गर्यो, त्यो हेरेर आउने हो । हामीले गरिरहेको अध्ययनको प्रारम्भिक रिपोर्ट यो हप्तामा आउँछ । त्यसलाई हेरेर हामी राहत प्याकेज घोषणा गर्छौं । यही महिनाभित्र त्यस्तो राहत प्याकेज आउँछ ।


यसको असरस्वरुप बाह्य क्षेत्रमा केही असर पर्ला कि भन्ने प्रश्न पनि स्वभाविक हो । हाम्रो वित्तीय स्रोतको रुपमा रहेको, तरलताको स्रोतको रुपमा रहेको र बाह्य क्षेत्रको सन्तुलनका लागि महत्वपूर्ण योगदान गरिरहेको रेमिट्यान्स क्षेत्रमा केही समय ‘स्ट्रेस’ पर्ला । तर, बाहिर गएका जनशक्तिले देशभित्रै उद्यम गर्ने वा रोजगारी गर्ने वातावरण बनाउन सक्यौं भने त्यो खुसीकै कुरा हुनेछ । त्यसो गर्दा हामीले आयातलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्दै जानेछौं, यसमा निर्यात प्रवद्र्धन गर्नसक्ने अवस्था पनि हुनसक्छ । त्योखालको रणनीतिमा हामी जानुपर्छ ।


– लकडाउन सकिनेवित्तिकै हामीकहाँ एउटा ठूलो खाडल सिर्जना हुन्छ । हामी अहिले उत्पादन गरिरहेका छैनौं, उपभोग मात्रै गरिरहेका छौं, त्यसैले खाली भन्डारलाई भर्न थप उत्पादन गर्न वित्तीय स्रोत पनि जुटाउनुपर्ने हुनसक्छ । अर्को कुरा विभिन्न क्षेत्रमा देखिएको रोजगारी समस्या र विदेशबाट फर्किने कामदारबाट निम्तिने थप बेरोजगारीको अवस्था पनि छ । रेमिट्यान्स घट्दा बाह्य सन्तुलनमा समेत समस्या आउने अवस्था छ, यी समस्यालाई कसरी सम्बोधन गर्ने ?

तपाईंले भन्नुभएजस्तै कोरोनाका कारण हाम्रो आन्तरिक उत्पादनमा असरका साथै बाह्य क्षेत्रमा समेत असर पनि छ । वैदेशिक बेरोजगारी बढ्दै गर्दाखेरि त्यसलाई आन्तरिक रोजगारीमा कसरी रुपान्तरण गर्ने भन्ने अर्को समस्या पनि छँदैछ । तर हामीले यसलाई अवसरको रुपमा प्रयोग गर्ने र खाली भएको रोजगारीलाई उत्पादनसँग जोड्ने, कृषि क्षेत्र, साना तथा मझौला उद्योगको उत्पादनसँग जोड्ने हिसाबले जानुपर्छ ।

उहाँहरुले विदेशमा सिक्नुभएका सीपहरुलाई तत्–तत् ठाउँमै प्रयोग गर्ने खालका उद्योगहरु स्थापना गर्न सहजीकरण गरेर जान सक्यौं भने उहाँहरुको सीपको पनि प्रयोग हुन्थ्यो, आर्थिक रुपमा हामीले उत्पादन पनि बढाउन सक्थ्यौं । अब हामी त्यो दिशामा जान जरुरी छ । त्यसका लागि सामूहिक ढंगले जानुपर्छ भन्ने लाग्छ । स्रोतको सम्बन्धमा वित्तीय क्षेत्रबाट हुनसक्ने आपूर्तिमा कुनै पनि किसिमले हामी कमजोरी हुन दिँदैनौं । त्यसका लागि आवश्यक वित्तीय प्रोडक्ट र उपकरण ल्याउने सन्दर्भमा हामी अभ्यास गर्नेछौँ ।

यसको असरस्वरुप बाह्य क्षेत्रमा केही असर पर्ला कि भन्ने प्रश्न पनि स्वभाविक हो । हाम्रो वित्तीय स्रोतको रुपमा रहेको, तरलताको स्रोतको रुपमा रहेको र बाह्य क्षेत्रको सन्तुलनका लागि महत्वपूर्ण योगदान गरिरहेको रेमिट्यान्स क्षेत्रमा केही समय ‘स्ट्रेस’ पर्ला । तर, बाहिर गएका जनशक्तिले देशभित्रै उद्यम गर्ने वा रोजगारी गर्ने वातावरण बनाउन सक्यौं भने त्यो खुसीकै कुरा हुनेछ । त्यसो गर्दा हामीले आयातलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्दै जानेछौं, यसमा निर्यात प्रवद्र्धन गर्नसक्ने अवस्था पनि हुनसक्छ । त्योखालको रणनीतिमा हामी जानुपर्छ ।

हामीले गर्न नसक्ने कुरा केही पनि छैन । रणनीतिक हिसाबले लाग्न सक्यौं भने त्यसमा गर्न नसक्ने केही हुँदैन । तर, त्यति हुँदाहुँदै पनि हामीलाई पर्नसक्ने तनाव विदेशी मुद्रामा हो । त्यस्तो अवस्थामा हामी अन्य विकल्पहरुलाई अवलम्बन गर्छौं । विदेशी सहयोगहरु, ऋण र सापटीहरु पनि आउँछन् । त्यसको सुरुवात हामीले गरिसकेका पनि छौं । त्यसलाई अझै विस्तार गर्दै जान्छौं र हाम्रो सिस्टमलाई सकेसम्म ठाउँमै राख्ने हाम्रो प्रयास हुनेनै छ र रहनु पनि पर्छ ।

– अहिले वित्तीय क्षेत्रमा स्रोतको लागत महँगो हुँदै गएको र यसले गर्दा उद्यमशीलता र व्यवसाय विस्तारको वातावरण बन्न नसकिरहेको गुनासा आइरहेका छन् । अबका दिनमा वित्तीय स्रोतको लागत घटाउने राष्ट्र बैङ्कको प्रयास कस्तो हुन्छ ?

हाम्रो स्रोतको लागत महँगो नै छ । अहिले हाम्रो कर्जाको औसत दर दोहोरो अंकमा छ, त्यो पनि ११ प्रतिशत भन्दा पनि माथि छ । कस्ट अफ फण्ड र बेसरेट पनि हाम्रो बढी नै छ । यो हिसाबले हेर्नुभयो भने हाम्रो स्रोतको खर्च नै हाम्रो धेरै परिरहेको छ । त्यसमा लागत घटाउने ठाउँ कहाँ छ भनेर हामी केलाउने काम गर्छौं ।

तर, लागत घटाउने सिलसिलामा हामीले बचतलाई निरुत्साहित गर्न पनि मिल्दैन । बचतलाई बढावा दिनेगरी हाम्रो कस्ट अफ फण्ड कसरी घटाउने भन्ने विषयमा पनि हामी अध्ययन गर्छौं । बैंकिङ क्षेत्रको मध्यस्त लागतलाई पनि सकेसम्म कम गर्ने दिशामा हामी जान्छौं । अहिलेको अवस्थामा हामीले कोरोनालाई नै सम्बोधन गर्नुछ ।

– वित्तीय स्रोतको लागत घटाउन र कोरोनाको असरबाट अर्थतन्त्रलाई बाहिर ल्याउने विषयमा वित्तीय साधनको उपयोगिता र प्रभावकारिता बढाउने सम्बन्धमा हामीले ‘परम्परागत औजार’कै प्रयोग गर्दा पर्याप्त हुन्छ कि अलि ‘अन–कन्भेन्सनल’ औजारको प्रयोग गर्नुपर्ला ?

कस्तो प्रकारको टुल्सको प्रयोग हुन्छ भन्ने विषयमा अहिले नै केही नभनौं । किनकी हामी अहिले कोरोनाबाट प्रभावितको राहत र उद्दारकै चरणमा छौं । हाम्रो अध्ययनको रिपोर्ट आइसकेको अवस्था पनि छैन । तर, कोरोनाको संक्रमण सकिएर त्यसको पुनस्र्थापनाको चरणमा प्रवेश गर्दाको अवस्थामा आवश्यकता अनुसार जुनसुकै खालका वित्तीय औजारहरु ल्याएर पनि सहजीकरण गर्ने दिशामा हामी जान्छौं ।

– लकडाउनलाई भुक्तानी प्रणाली विकासको एउटा अवसरको रुपमा प्रयोग गर्ने अवसर हामीमा थियो । तर त्यसबाट हामीले जति लाभ लिन सक्थ्यौं, त्यो हुन नसकेको अवस्था देखिन्छ । अबका दिनमा यसमा कसरी सुधार गर्ने ?

हो, हाम्रो लागि यो एउटा अवसर पनि थियो । हामीले २, ४ वर्ष अघिको अवस्था र अहिलेको अवस्थालाई हेर्यौं भने डिजिटल भुक्तानीमा धेरै सुधार भएको छ, नभएको होइन । बजारमा इ–पेमेन्टसम्बन्धी विभिन्न प्लेटफर्महरु आएका छन् । त्यसको प्रयोग विभिन्न बैङ्क तथा वित्तीय संस्थाका साथीहरुले गर्दै आउनुभएको छ । यसमा अरु स्टेकहोल्डरहरुको उत्तिकै साथ र सहयोग पनि छ ।

अब त्यसमा थप सबलीकरणको आवश्यकता छ, सुरक्षाको आवश्यकता छ । यसको पूर्वाधारमा अपग्रेड गर्नुपर्ने आवश्यकता पनि छ । यसलाई विस्तार गरेर अधिकांश भुक्तानीलाई विद्युतीय माध्यमबाट गर्ने अवस्था बनाउने हाम्रो उद्देश्य हो । तर, कोरोनाको घटना घट्यो भन्दैमा हामीले हामीले त्यस्तो पूर्वाधार ‘ओभरनाइट’ बनाउन सक्ने अवस्था पनि थिएन । तर हाम्रो योजनामा यो समावेश छ । यसलाई हामी निरन्तरता दिन्छौं ।


संकट सँधैं रहँदैन । एकदिन हामी पुरानो अवस्थामा फर्किन सक्छौं । कमभन्दा कम क्षतिमै हामी पहिलेको अवस्थामा पुग्न सक्छौं, त्यसमा सबैको साथ र सहयोग होस्, यसका लागि सबैलाई आह्वान गर्न चाहन्छु । र, नेपाल राष्ट्र बैङ्क यसका लागि सबैसँग हातेमालो गर्न तयार छ भन्न चाहन्छु ।


– भुक्तानी प्रणालीका सम्बन्धमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणसँग पर्याप्त समन्वयको अभाव र भुक्तानी प्रणाली विभागमा बारम्बार परिवर्तन भइरहने नेतृत्वका कारण हामीले भुक्तानी प्रणालीमा उल्लेख्य प्रगति हुन नसकेको गुनासो पनि आउँदा रहेछन्, यसबारे तपाइँको धारणा के हो ?

त्यसमा केही त्यस्तो छ भने हामीले सुधार गर्नुपर्छ । अलिकति हामीकहाँ आफू गर्ने भन्दा पनि अरुलाई दोष लगाउने चलन पनि छ, त्यसलाई पनि हामीले बुझ्नुपर्छ । सबैले आफ्नो जिम्मेवारी आ–आफ्नो ढंगबाट पूरा गर्ने हो भने यसले गति लिन समय लाग्दैन । राष्ट्र बैङ्कले आफ्नो तर्फबाट गर्नुपर्ने भूमिकाहरु त निर्वाह गरिरहेकै छ ।

– डिजिटल कारोबार सुरक्षित छ, कारोबार गर्नुस् भनेर राष्ट्र बैङ्कले विश्वास दिलाउन नसक्दा पनि डिजिटल भुक्तानीप्रतिको अविश्वास कायमै रहेको अवस्था पनि देखिन्छ । यसलाई राष्ट्र बैङ्कले कसरी सम्बोधन गर्न सक्छ ?

डिजिटल भुक्तानी असुरक्षित छ भन्ने अनुभव त हामीले गराउनै हुँदैन । यदि त्यस्तो अवस्था आयो भने त्यसको ठूलो नोक्सान अरु निकायहरुले समेत व्यहोर्नुपर्ने हुनसक्छ । सिस्टमकै कारणले त्यस्तो कमी कमजोरी सामान्यतया हुँदैन । कहिलेकाहीँ ग्राहककै कमजोरीका कारण त्यस्तो समस्या निम्तिएको हुनसक्छ ।

सँगसँगै यसलाई सम्बोधन गर्दै जाने, सुधार गर्दै जाने र सुरक्षित बनाउँदै जाने भन्ने हुनसक्छ । नयाँ प्रविधि भित्र्याउँदैगर्दा त्योसँगै जोखिम पनि आउनसक्छ । त्यसका लागि हामीले सबै प्रकारका सुरक्षाका उपायहरु अपनाउँदै जान्छौं र जानु पनि पर्छ । यो अवस्था हाम्रोमा मात्रै होइन संसारभरि नै आउने अवस्था पनि हो ।

– अन्त्यमा, राष्ट्र बैङ्कको ६५ औं वार्षिकोत्सवको अवसरमा सबै सरोकारवालालाई तपाइँले दिने सन्देश के हो ?

यो अवसरमा सर्वप्रथम त म सबै सर्वसाधारण, मिडिया र सरकारको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग हामीलाई छ । त्यही सहयोगको कारण नेपाल राष्ट्र बैङ्क यो ठाउँमा उभिन सकेको छ । यो प्रकारको योगदान लिन सकेको छ । यसरी हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं ।

साथै, अहिलेको असहज परिस्थितिमा पनि धेरै जोखिम लिएर कार्यक्षेत्रमा खटिएर सेवामा कुनै असहजता आउन नदिने राष्ट्र बैङ्कका कर्मचारी र सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई म धन्यवाद भन्न चाहन्छु । यसको असर समग्र अर्थतन्त्रमा छ, वित्तीय क्षेत्रमा पनि छ । उद्योगी, व्यवसायीलाई यसको असर अझै ठूलो छ । यो असरलाई न्यूनीकरण गर्नको लागि हामी सबै लाग्नुपर्ने आवश्यकता छ ।

संकट सँधैं रहँदैन । एकदिन हामी पुरानो अवस्थामा फर्किन सक्छौं । कमभन्दा कम क्षतिमै हामी पहिलेको अवस्थामा पुग्न सक्छौं, त्यसमा सबैको साथ र सहयोग होस्, यसका लागि सबैलाई आह्वान गर्न चाहन्छु । र, नेपाल राष्ट्र बैङ्क यसका लागि सबैसँग हातेमालो गर्न तयार छ भन्न चाहन्छु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.