शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जंगली जनावर मारेको आरोपमा हतियारसहित दुई जना पक्राउ

शनिबार, १३ वैशाख २०७७, १७ : ४६
शनिबार, १३ वैशाख २०७७

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । 
शुक्रबार सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका  ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित पक्राउ गरेको हो । 
उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ । 
टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारेको र पुजा घरमा दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको हो । 
हिरा बहादुर गुरुङको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु राखेको अवस्थामा फेला परेको प्रहरीले थियो । 
उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी बाह्रबिसेको हिरासत कक्षमाराखि यस बारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप