शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधुमेहका बिरामीका लागि अचुक औषधि प्याज

शनिबार, १३ वैशाख २०७७, १२ : २३
शनिबार, १३ वैशाख २०७७

एजेन्सी : विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ । 

प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा गर्छन् । 

प्रायः मधुमेहका बिरामीको रगतमा चिनी को मात्रा बढ्ने गर्छ । त्यसैले मधुमेह रोगीहरुले दैनिक रगतमा चिनी को मात्रा चेकजाँच गर्ने गर्दछन् । यदि मधुमेहका रोगीहरुको रगतमा चिनी को मात्रा बढ्यो भने मुटुको रोग, रेटिनोप्याथी र अन्य ज्यानमारा रोगहरु लाग्ने खतरा हुन्छ । 

खाद्य विशेषज्ञका अनुसार मधुमेहका रोगीहरुले आफ्नो खानामा सधैं प्याजको प्रयोग गर्नुपर्छ । प्याजमा एन्टिएक्सिडेन्ट, फाइबर पाइन्छ जसले रगतमा चिनी को मात्रा सन्तुलन राख्छ । 

मधुमेहका रोगीलाई प्याजका फाइदा 

प्याजमा पाइने फाइबरले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने र रगतमा चिनी को मात्रा सन्तुलन गराउँछ । जसले गर्दा मधुमेहका बिरामीले प्याज सेवन गर्नु फाइदाजनक मानिन्छ । 

प्रायः मधुमेहका बिरामीहरुको पाचन प्रक्रिया गडबढ हुने गर्छ । प्याजको सेबनले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ राख्छ र पाचन प्रक्रिया सक्रिय राख्छ । मेटबोलिक रेट राम्रो हुनु भनेको रगतमा चिनी को मात्रा सन्तुलित हुनु हो । 

प्याजमा काब्र्सको मात्रा धेरै हुन्छ । जसले मधुमेहका रोगीहरुका लागि फाइदा गर्छ । किनकी कार्बोहाइड्रेटले छिट्टै मेटाबोलाइज गर्ने र जसले गर्दा रक्तसञ्चारमा चिनी को मात्रा फैलने गर्छ । मधुमेहका रोगीहरुका लागि खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्नुपर्छ । 

प्याजमा ग्लाइसेमिक इन्डेक्सको मात्रा १० हुन्छ । त्यसैले मधुमेहका रोगीहरुले प्याज खानु निकै फाइदाजनक हुन्छ । प्याजको सेवनले टाइप–१ र टाइप–२ का मधुमेहका रोगीहरुको रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप