बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्षणै नदेखिँदा भुल्केमा त्रास

शनिबार, १३ वैशाख २०७७, ०६ : ५१
शनिबार, १३ वैशाख २०७७

उदयपुरः  देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् । 

शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् । 

लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला ?, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ भन्ने छ । भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला ? यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भरत खड्काले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप