शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाईगोरु काटेको अभियोगमा पक्राउ

बिहीबार, ११ वैशाख २०७७, १३ : १०
बिहीबार, ११ वैशाख २०७७

काठमाडौं । बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासु सहित घटनास्थलबाटै पक्राउ गरेको हो । 
घटनामा संलग्न वितन र नफिसलाई प्रहरीले खोजी गरिरहेको छ । 

यता सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-६ सिपाखोला बस्ने ४२ वर्षीय यम बहादुर तामाङलाई पनि गोरु काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँ बस्ने सार्की भन्ने लाल बहादुर बम्जनको गोठमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले गोरुको मासु र गोरु काट्न प्रयोग भएको बन्चरो तथा खुकुरी सहित तामाङलाई पक्राउ गरेको हो । घटनामा संलग्न लाल बहादुर र सोही ठाउँ बस्ने बिष्णे तामाङको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप