शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा भाइले गरे दाजुको हत्या

बिहीबार, ११ वैशाख २०७७, १२ : २१
बिहीबार, ११ वैशाख २०७७

काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिका–३ मा खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।  मंगलबार राति ५३ वर्षीय भाइ रामबहादुर खड्काले आफ्नै सहोदर ५७ वर्षीय दाइ दुर्गाबहादुर खड्काको हत्या गरेका हुन् । 

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गाबहादुरलाई उपचारको लागि धुलिखेल अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) रेशम बोहोराले बताए ।

दाजु भाइबीच मौरीको घारको विषयमा झगडा हुँदा खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको र थप अनुसन्धान भइरहेको इन्सपेक्टर बोहोराले जानकारी दिए । 

इन्सपेक्टर बोहोराका अनुसार घटनाको जानकारी पाएलगतै अभियुक्त रामबहादुर खड्का पक्राउ परेका छन् । रामबहादुरलाई घटनामा संलग्न खुकरीसहित पक्राउ गरिएको इन्सपेक्टर बोहोराले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप