शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मल कालोबजारी गर्ने एकजना व्यापारी पक्राउ

बुधबार, १० वैशाख २०७७, १३ : १४
बुधबार, १० वैशाख २०७७

रौतहट । लकडाउनको अवधिमा कृषकलाई मल उपलब्ध हुन सकस परिरहेको समय युुरिया मलको कालोबजारी गर्ने एकजना व्यापारी बारा प्रहरीको फन्दामा परेका छन् । मात्र ७ सय १० रुपैयाँ प्रतिबोरा पर्ने युरियामललाई ११ सय ५० रुपैयाँमा बिक्री गरिरहेका एकजना व्यापारीलाई एकसय बोराभन्दा बढी युुरिया मलसहित प्रहरीले पक्राउ गरेको हो ।

बारा सदरमुुकाम कलैयाबाट ना ६ त ६९६२ नम्बरको ट्रयाक्टरमा लगेर आर्दश कोतवाल गाँउपालिका–६ पटेर्वा बजारमा प्रतिबोरा ४ सय ४० रुपैयाँ बढीमा युुरिया मल बेचिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कालोबजारी गर्दै रंगेहाथ पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोेर्वाका व्यापारी रवीन्द्र यादव र ट्रयाक्टर चालक सोही ठाँउका रामाकान्त साह रहेको ईलाका प्रहरी कार्यालय चिँउटाहाका प्रमुख सई अवधेश चौबेले जानकारी दिएका छन् ।

यादवको ट्रयाक्टरमा १ सय २० बारा युरिया मल समेत बरामद भएको सई चौबेले बताए ।

यादवलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाईएको ईलाका प्रहरी कार्यालय चिँउटाहाले जानकारी दिएको छ ।

बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राका अनुसार पक्राउ परेका यादव र साहबिरुद्ध कालोबजारी एन अन्तरगतको मुद्दा दर्ता भई जिल्ला अदालत कलैयाबाट म्यादसमेत थप भइ कारवाही प्रकृया अगाडी बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप