केन्द्रीय संस्करण

लकडाउनमा समय बिताउने स्वस्थकर एवं सिर्जनशील तरिका

person explore access_timeबैशाख १०, २०७७ chat_bubble_outline0

अहिले सार्स कोरोना भाइरस २ (कोभिड–१९) को विश्वव्यापी महामारीको कारणले गर्दा नेपाल लगायत धेरै देश र सहरहरु लकडाउनमा छन् । यसले गर्दा धेरै बिरामीहरु स्वास्थ्य संस्थासम्म पुग्न सकिरहेका छैनन् र पुगिहाले पनि राम्रो उपचार सेवा पाउन सक्ने अवस्था छैन । त्यसैले बिरामी हुनबाट बच्नु धेरै महत्त्वपूर्ण छ । यो लेखमा अहिलेको दैनिकीलाई कसरी स्वस्थकर, सिर्जनशील, उत्पादनमूलक र मनोरञ्जनात्मक बनाएर रोग लाग्नबाट बच्न सकिन्छ भन्ने विषयमा चर्चा गरिनेछ ।

बिहान घाम झुल्किनुभन्दा ४५ मिनेट अगाडि नै उठौँ । आजकल करिब ५:४५ मा घाम झुल्किने हुनाले ५ बजेतिर नै उठ्नु उपयुक्त हुन्छ । आयुर्वेदमा यसलाई ब्रह्ममुहूर्तमा जागरण भनिन्छ । उचित मात्रामा निद्रा स्वास्थ्यका लागि अत्यावश्यक छ । सामान्य मानिसका लागि छदेखि आठ घण्टाको गहिरो निद्रा आवश्यक हुन्छ । राति ढिलोसम्म बस्नु र बिहान ढिलोसम्म सुत्नु स्वास्थ्यको दृष्टिले अत्यन्तै हानिकारक छ । खास गरेर किशोर किशोरीहरु र भर्खरका युवायुवातीहरुमा यस्तो आदत बढी पाइन्छ । त्यसैले अविभावकहरुले विशेष ध्यान दिन र सम्झाउन जरुरी हुन्छ । बिहान चाँडै उठ्नको लागि सुत्ने बेलामा नै चाँडै उठ्ने दृढ सङ्कल्प लिएर सुत्नुपर्छ ।


बिहान घाम झुल्किनुभन्दा ४५ मिनेट अगाडि नै उठौँ । आजकल करिब ५:४५ मा घाम झुल्किने हुनाले ५ बजेतिर नै उठ्नु उपयुक्त हुन्छ । आयुर्वेदमा यसलाई ब्रह्ममुहूर्तमा जागरण भनिन्छ ।

People vector created by gstudioimagen - www.freepik.com

 

उठेपछि मुख कुल्ला गरी दुई गिलास पानी पिएर दिसापिसाबका लागि ट्वाइलेट जाऔँ । उठ्नेबित्तिकै दिसा गर्ने बानी छैन भने बल गरेर गर्ने प्रयत्न नगरौँ । तर दैनिक रूपमा बिहानै दिसा हुनु राम्रो हुन्छ । दिसापिसाब गरेपछि साबुन पानीले हात धुनुपर्छ । मुख धुँदा नाक र आँखा राम्ररी सफा गरौँ । दाँत माझिसकेपछि जिब्रोको पछाडिको भागमा जम्मा भएको तह जिब्रीले विस्तारै सफा गरौँ । जोडले गर्दा जिब्रोमा भएका ‘टेस्ट बड’मा क्षति पुग्न सक्छ ।

घरमै बसेर कुनै शारीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा व्यायाम अत्यन्त जरुरी हुन्छ । शारीरिक एवं मानसिक रूपमा स्वस्थ रहनका लागि सर्वोत्तम व्यायाम योगासन हो । सूर्य नमस्कार छोटो समयमा गर्न सकिने पूर्ण व्यायाम हो । जसले सिक्नुभएको छ तर नियमित अभ्यास गर्नुभएको छैन उहाँहरुले नियमित अभ्यास गर्ने र जसले सिक्नुभएको छैन उहाँहरुले टिभी हेरेर वा युट्युब हेरेर भए पनि सूर्य नमस्कार, आसन प्राणायाम एवं ध्यान सिक्ने उपयुक्त अवसर हो । आसनहरुले मूलरूपमा शारीरिक व्यायामको काम गर्छ, प्राणायामले मनलाई नियन्त्रणमा राख्न मद्दत गर्छ र ध्यानले आध्यात्मिक उन्नति गराउँछ । यसबाहेक नाच मनोरञ्जनात्मक हुनुको साथै व्यायामको उत्तम विधि पनि हो । खास गरेर बच्चाहरुसँग नाँच्यौँ भने उनीहरुको पनि व्यायाम हुनुको साथै समय पनि सिर्जनात्मक ढङ्गले बित्छ । डोरी नाघ्ने खेल (स्किपिङ) घरमै गर्न सकिने अर्को व्यायामको विधि हुनसक्छ । सम्भव भएमा व्याडमिन्टन एवं टेबलटेनिस खेल्न सकिन्छ । घर वरपर नै ‘मर्निङ वक’ गर्न वा साइकल चलाउन पनि सकिन्छ ।

दैनिक मालिस (मसाज) गर्नु अर्को स्वस्थकर बानी हो । यसको लागि मसाज थेरापिस्टकै आवश्यकता पर्दैन । आफैँले वा परिवारको सदस्यको सहायताले गर्न सकिन्छ । घरमै उपलब्ध तोरीको वा तिलको तेल अथवा आयुर्वेद औषधि पसलमा उपलब्ध मालिस तेलहरु प्रयोग गर्न सकिन्छ । सम्पूर्ण शरीरमा मालिस गर्न सम्भव नभए पनि टाउको, कान तथा पैतालामा नियमित रूपमा मालिस गर्नु राम्रो हुन्छ ।


स्वास्थ्यको दृष्टिले अर्को महत्त्वपूर्ण बानी दैनिक नुहाउनु पनि हो । आयुर्वेदमा यसलाई दिनचर्या अन्तर्गत राखिएको छ अर्थात दैनिक रूपमा गर्नुपर्ने काम भनिएको छ । दैनिक नुहाउँदा पसिना तथा मयल सफा हुने मात्र नभई पाचन क्षमता बढ्छ, थकान एवं तन्द्रा हट्छ, आयु, ओज एवं बल पनि वृद्धि हुन्छ ।


स्वास्थ्यको दृष्टिले अर्को महत्त्वपूर्ण बानी दैनिक नुहाउनु पनि हो । आयुर्वेदमा यसलाई दिनचर्या अन्तर्गत राखिएको छ अर्थात दैनिक रूपमा गर्नुपर्ने काम भनिएको छ । दैनिक नुहाउँदा पसिना तथा मयल सफा हुने मात्र नभई पाचन क्षमता बढ्छ, थकान एवं तन्द्रा हट्छ, आयु, ओज एवं बल पनि वृद्धि हुन्छ ।

घरमै बसेर कुनै शारीरिक श्रम एवं बौद्धिक काम नगरिरहेको अहिलेको समयमा कम क्यालोरीको खाना खाँदा पनि पुग्छ । त्यसैले सामान्य अवस्थामा भन्दा कम खाना खानुपर्छ । दिनमा तीन पटकभन्दा बढी नखाऔँ । हाम्रो आमाशयलाई चार भागमा विभाजन गर्ने हो भने दुई भाग भात, रोटी आदि ठोस खाना, एक भाग दाल, तरकारीको रस आदि तरल पदार्थ र एक भाग खाली राख्नु उपयुक्त हुन्छ । अर्थात पेटभरी टन्न खाना खान हँुदैन । पेटभरी खाँदा शरीर कुपोषित हुन्छ । याद रहोस शरीरलाई पर्याप्त पोषक तत्त्व नपुगेको अवस्थालाई मात्र कुपोषण भनिँदैन, आवश्यकताभन्दा बढी खाएर रोग लाग्ने अवस्थालाई पनि कुपोषण नै भनिन्छ ।

अन्न (चामल, मकै, गहुँ, कोदो, फापर आदि), दाल–गेडागुडी र सागसब्जी, तरकारी एवं फलफूल दैनिक रूपमा खाऔँ । दूध र यसबाट बनेका परिकार पनि हप्तामा दुई चार पटक खान सकिन्छ । मासु, माछा एवं अण्डा हप्तामा एक पटकभन्दा बढी नखाऔँ । बारम्बार मासु–माछा खाँदा पायल्स, फिसर, युरिक एसिड, मोटोपन आदि विभिन्न प्रकारका समस्या आउने सम्भावना बढेर जान्छ । खाजा नास्ताको रूपमा घरमै बनाइएको आँटाको रोटी–तरकारी, दही–चिउरा, मकै–भटमास–मही, दूध–सातु, खैरो पाउरोटी–चिया, फलफूल–सलाद–क्वाँटी, गहुँ–जौको चिउरा, ओट–दूध आदि खाने बानी गरौँ ।

यसका साथै चाउचाउ, बिस्कुट, आलु चिप्स, चकलेट, चिजबल जस्ता पत्रु खाना (जङ्क फुड) र अत्यधिक चिनी प्रयोग गरिएका फ्लेभर्ड जुस एवं चिसो पेय पदार्थ सकेसम्म खाँदै नखाने र बच्चाहरुलाई पनि नदिने गर्न सक्यौँ भने धेरै रोगहरुबाट टाढै रहन्छौँ । खानै मन लाग्दा वा बच्चाहरुलाई दिनै पर्दा पनि महिनामा एक दुई पटकभन्दा बढी नखाऔँ र नदिऔँ । चाउमिन, दुनट, पप, मम, सेतो पाउरोटी जस्ता मैदाबाट बनेका खाना पनि कहिलेकाहीँ मात्र प्रयोग गरौँ ।


तेल एवं घिउमा तारेका, भुटेका, धेरै नुन, मसाला एवं खुर्र्सानी हालेका खाना पनि सकेसम्म नखाऔँ । दुखाइ कम गर्ने औषधिहरु पनि अत्यावश्यक अवस्थामा बाहेक प्रयोग नगरौँ । मद्यपान एवं धूमपान गर्दै नगरौँ । यी कुराहरु पालना गर्न सकिएमा तीव्र आमाशयकला सोथ (एक्युट ग्यास्ट्राइटिस) जस्ता समस्याबाट बच्न सकिन्छ र ‘इमर्जेन्सी’ रूपमा अस्पताल जानुपर्ने अवस्था आउनबाट जोगिन मद्दत पुग्छ ।


तेल एवं घिउमा तारेका, भुटेका, धेरै नुन, मसाला एवं खुर्र्सानी हालेका खाना पनि सकेसम्म नखाऔँ । दुखाइ कम गर्ने औषधिहरु पनि अत्यावश्यक अवस्थामा बाहेक प्रयोग नगरौँ । मद्यपान एवं धूमपान गर्दै नगरौँ । यी कुराहरु पालना गर्न सकिएमा तीव्र आमाशयकला सोथ (एक्युट ग्यास्ट्राइटिस) जस्ता समस्याबाट बच्न सकिन्छ र ‘इमर्जेन्सी’ रूपमा अस्पताल जानुपर्ने अवस्था आउनबाट जोगिन मद्दत पुग्छ ।

पानीबाट झाडा, वान्ता, टायफाइड, हेपाटाइटिस आदि थुप्रै सरुवा रोगहरु सर्ने हुनाले र यस्ता रोगहरु लागिहालेमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने हुनाले पिउनका लागि उमालेर वा अन्य विधिबाट निर्मलीकरण गरिएको पानी मात्र प्रयोग गरौँ । दिनमा ८ देखि १२ गिलास (२–३ लिटर) पानी पिउने गरौँ ।

कोरोना भाइरसको बारेमा भ्रामक समाचार र अफवाहको कारणले अनावश्यक डर एवं चिन्ता उत्पन्न भएर शारीरिक एवं मानसिक रोगको औषधि खाइरहेका व्यक्तिहरुमा रोग बढ्न सक्ने हुनाले उनीहरुलाई समय दिएर कुराकानी गर्ने, यससम्बन्धी वास्तविक जानकारी गराउने र सकारात्मक कुराहरु पढ्न, हेर्न वा सुन्न उत्प्रेरित गर्ने गर्नाले सम्भावित जटिलताहरुबाट बच्न सकिन्छ । यसको साथै बच्चाहरु खेल्नेक्रममा चोटपटक लाग्ने वा दुर्घटनामा पर्नसक्ने हुनाले विशेष ध्यान दिन जरुरी छ ।

लकडाउनको समयलाई यसरी सिर्जनशील, उत्पादनमूलक एवं मनोरञ्जनात्मक बनाऔँ

पुस्तक पढ्ने (पाठ्यक्रमको वा पाठ्यक्रम बाहिरको जीवनी, कथा, कविता, उपन्यास आदि), अनुसन्धात्मक जर्नलहरु पढ्ने, साहित्य एवं  लेख लेख्ने, आसन, प्राणायाम एवं ध्यान गर्ने, पेन्टिङ गर्ने, नाच्ने, गीत गाउने एवं सङ्गीत सुन्ने, आफ्नो विषयसम्बन्धी भिडियो बनाएर युट्युबमा राख्ने, कोठाको सरसफाइ गर्ने एवं कोठा ‘रिएरान्ज’ गर्ने, खेतबारीको काम गर्ने, गार्डेनिङ गर्ने,  फोन, मेसेन्जर, भाइबर आदि माध्यमबाट पुराना पारिवारिक एवं सामाजिक सम्बन्धहरु पुनःस्थापित गर्ने, नयाँ परिकार बनाउन सिक्ने, घरको काममा परिवारका सदस्यलाई मद्दत गर्ने, समस्यामा परेका व्यक्तिहरुलाई मद्दत गर्न स्वयंसेवीको काम गर्ने, चेस, क्यारेम, लुँडो आदि घरभित्रै खेल्न सकिने खेल खेल्ने, फिल्म  एवं टिभी सो हेर्ने, विगतका कुराहरुबाट सिक्दै भविष्यको योजना बनाउने, गुगल वा युट्युब हेरेर आफ्नो ‘करियर’का लागि उपयोगी, प्रेरणादायी एवं नयाँ कुराहरु सिक्ने, दैनिकी लेख्ने आदि ।

यी कुराहरुलाई व्यवहारमा उतार्र्न सकेको खण्डमा धेरै सरुवा रोग एवं नसर्ने रोग लाग्नबाट बच्न सकिन्छ र लकडाउनको विषम परिस्थितिमा अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट बच्न सकिन्छ ।

(आयुर्वेदको कायचिकित्सा (इन्टर्नल मेडिसिन) विषयमा एमडी गरेका डा. चन्द्र कार्की हाल रोयल आयुर्वेद जावलाखेल र न्युलाइफ आयुर्वेद गोङ्गबुमा कार्यरत छन् ।)

Title photo:https://static.toiimg.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.