मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

मङ्गलबार, ०९ वैशाख २०७७, १७ : ४०
मङ्गलबार, ०९ वैशाख २०७७

सप्तरी । बारह वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । 

पीडित बालिकाको दाजुले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । पीडित बालिकाको बयान लिएको पनि उनले बताए ।

वैशाख ३ गते राति पिसाब फेर्न घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बयान दिएका छन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप