चक्कु प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा पक्राउ
छिमेकीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फगाम गाउँ बस्ने ४० वर्षीय दुर्गा प्रसाद थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३३ वर्षीय कृष्ण बहादुर बसेललाई सोही ठाउँस्थित महभिरमा मह काड्न गएको अवस्थामा दुर्गा प्रसादले चक्कु प्रहार गरी घाइते बनाएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।
चक्कु प्रहारबाट घाइते भएका बसेललाई प्राथमिक स्वास्थ्य केन्द्र भुरुङ तातोपानी हुँदै थप उपचारका लागि बेनी अस्पतालतर्फ रिफर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ भुतही बस्ने ४८ वर्षीय रामाकान्त रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ४५ वर्षीय सौगबिर रामसँग काठको विषयमा विवाद हुँदा रामकान्त र उनको छोरा प्रदिप रामले सौगबीरलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरीले रामाकान्तलाई पक्राउ गरेको हो । घाइते भएका सौगबीरलाई उपचारका लागि राजबिराजतर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)