केन्द्रीय संस्करण

ट्रोलरले सोधे, ‘पिएम केयर फन्डमा कति पैसा दियौ ? ’ शाहरुखले भने, ‘खजाञ्ची हो र ?’

person explore access_timeबैशाख ९, २०७७ chat_bubble_outline0

शाहरुख खानले सोमबार ट्वीटरमा प्रश्नोत्तर सेसनको आयोजना गरे जुन ट्वीटर इन्डियाको एक नम्बरमा ट्रेन्ड भयो । यतिबेला शाहरुखले आफ्नो प्रशंसकले सोधेको प्रश्नको जवाफ दिए । तीमध्ये केही रमाइला थिए भने केही तिखा । उदाहरणका लागि एक प्रयोगकर्ताले शाहरुखलाई सोधे, ‘सर साँचो–साँचो भन्नु पीएम केयर्स फन्डमा कति दिनुभयो ?’ यसको तिखो जवाफ दिँदै उनले लेखे, ‘साँच्चै... खजाञ्ची हो र ?’

सलमानलाई बताए कमालका सिंगलः

अर्का एक प्रशंसकले प्रश्न सोधे, ‘सलमान खानले हालै आफ्नो आवाजमा एउटा गीत लञ्च गरेका छन् जुन कोरोना र देशप्रति उनको प्रेमबारे छ । के तपाईंले हेर्नुभएको छ ? यसको जवाफमा शाहरुखले लेखे, ‘भाइ कमालको सिंगल र सिंगर हुनुहुन्छ ।’

जब गौरीलाई हाई भनिदिन आग्रह गरेः

एक प्रशंसकले शाहरुखलाई आफ्नो सपनाबारे बताए । उनले लेखे, ‘हिजो मैले गौरीलाई भेटेको सपना देखेँ र हामीले तपाईंबारे कुरा गरेका थियौं । तपाईंलाई मैले दुईपटक मात्रै भेटेको (सपनामा मात्रै सही)  उहाँलाई बताएँ र उहाँ निकै खुसी हुनुभयो । मैले उहाँलाई पुनः भेट्न चाहेको भन्दै आफ्नो इच्छा प्रकट गरेँ र भनेँ आइ लभ यूँ । वास्तवमा, उहाँले मलाई रुचाउनुभएको थियो । त्यसकारण उहाँलाई हाइ भनिदिनहोस् ।’ यसको जवाफमा उनले लेखे, ‘आज राती जब उनी मेरो सपनामा आउँछिन् तब हाइ भनिदिनेछु ।’

नयाँ फिल्मबारे कहिले घोषणा गर्ने ?

अर्का एक प्रशंसकले सोधे, ‘तपाईं आफ्नो नयाँ फिल्मको घोषणा कहिले गर्नुहुन्छ ? अफवाहबाट थाकिसकेका छौं  र तपाईंको लुक देखेर तपाईंको नयाँ फिल्मको विश्लेषण गर्छौं र तपाईंले यो फिल्म गर्न लाग्नुभएको होला भनेर अनुमान गर्छौं ।’

यसको जवाफमा उनले लेखे, ‘आफैंलाई थकित नबनाउनुहोस् ।  पक्कै पनि फिल्म खेल्नेछु । ती पक्कै पनि बन्नेछन् र तपाईंलाई यसबारे निश्चित रुपमा थाहा हुनेछ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.