चुरोट सेवन गर्नेहरुमा अत्यधिक ढाड दुख्ने समस्या
एजेन्सी : आजभोलि मानिसहरुमा ढाड तथा कम्मरको दुखाई सामान्य जस्तै भइसकेको छ । व्यस्त जीवनशैली, व्यायामको कमि, कुर्चीमा गलत पोजिसशनमा बसेर गरिने कामहरु र विभिन्न नसाको लतका कारण मानिसहरुको ढाड दुख्ने समस्या बढेको चिकित्सकहरु बताउँछन् ।
यसैगरी, चुरोट सेवनले अत्यधिक ढाड दुखाई हुने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययनले धुम्रपान गर्नेहरुको ढाड दुख्ने समस्या अधिक हुने देखाएको हो ।
यदि कोहि व्यक्ति धुम्रपान गर्छ भने उक्त व्यक्तिमा ढाड दुख्ने खतरा धेरै हुन्छ । आजभोलि धेरै मानिसहरुमा धुम्रपानको लत हुन्छ । चुरोटको प्याकेट बाहिर नै ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ लेखिएको हुन्छ । भने धुम्रपान क्यान्सरको प्रमुख कारण पनि हो ।
एक अध्ययनका अनुसार जो व्यक्ति धुम्रपान गर्छ उसमा ढाडको दुखाई १२ हप्तासम्म रहन्छ । नर्थ वेस्र्टन युनिभर्सिटी अफ फेनबर्ग मेििडकल स्कुलले गरेको अध्ययनमा धुम्रपान गर्ने व्यक्तिमा ढाडको दुखाई अन्य व्यक्तिमा भन्दा तीन गुणा बढी हुन्छ ।
उक्त अध्ययनका क्रममा ३५ जना स्वस्थ व्यक्ति र ३२ जना ढाड दुख्ने समस्या भएका व्यक्तिमा गरिएको अध्ययनले र ती व्यक्तिहरुमा गरिएको एम.आर.आई परीक्षणमा सामान्य व्यक्तिमा भन्दा धुम्रपान गर्नेहरुमा अत्यधिक ढाड दुख्ने गरेको पाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन