शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा एक युवकको कुटी–कुटी हत्या

सोमबार, ०८ वैशाख २०७७, ११ : ०१
सोमबार, ०८ वैशाख २०७७

रौतहट – रौतहटको कटहरिया नगरपालिका – १ भसेढवामा एकजना युवकको कुटी–कुटी हत्या भएको छ  । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आइतबार राति कटहरिया १ भसेढवाका रामएकवाल यादवको २५ वर्षीय छोरा संजिव यादवलाई केही स्थानीयले कुटी–कुटी हत्या गरेका हुन् ।

भसेढवाटोलमा घर भएका संविज यादव एकजना अन्य साथीका साथ गएराती  ९ः१० बजेको घरभन्दा करिब १ किलोमिटर टाढा खोर भन्ने टोलमा गएका थिए ।

सोही ठाँउका संजिव यादवका एकजना साथीले केही कामको सल्लाह छ भनी सो ठाँउबाट करीव २ सय मिटर टाढा लालबकैया नदी किनारमा लगेका थिए । 

पूर्व योजनाअनुसार उक्त स्थानमा पुुग्नासाथ पहिलेदेखी त्यहाँ रहेका ५/७ जनाको समूहले संजिव यादवलगायत दुबैजना माथि बाँसको लाठीले आक्रमण सुरु गरेका थिए ।

संजिवका अर्का साथी त्यहाँबाट भाग्न सफल भएका थिए । तर, लुकेर बसेका समूहले संजिव यादव माथी संघातिक हमला गरी पटक पटक बाँसको लठीले टाउको खुटा,हाथमा प्रहार गरी खेतमा फालेर भागेका थिए ।

घटनास्थलबाट भागेका संजिवका साथीले गाउँलाई गुहार मागेर संजिव यादवलाई उपचारका लागि एम्बुलेन्सबाट तत्कालै बिरगंज पठाएकोमा उनको उपचारको क्रममा रातिनै मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका प्रहरीले घटनामा संलग्न रहेको आरोपमा खोरटोलका मोहन दाशका छोरा २२ बर्षिय राधेश्याम दाशलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।

आरोपीका घरका पुुरुष मानिस सबै फरार रहेको र घटनामा संलग्न अन्यको खोजी तथा अनसन्धान भइरहेको घटनास्थल पुगेका डिएसपी महतोले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप